एजेन्सी । अष्ट्रेलियाको चर्चित बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
क्रिकेट अष्ट्रेलियाले डिसेम्बर १० बाट सुरु हुने बीबीएलको खेल तालिका सार्वजनिक गरेको हो ।
सार्वजनिक भएको खेल तालिका अनुसार उद्घाटन खेलमा सिड्नी सिक्सर्स र होबर्ट हुरिकान्सबीच खेल हुनेछ ।
सिड्नी सिक्सर्स साविक विजेता समेत हो ।
डिसेम्बर १० मा हुने उद्घाटन खेल होबर्टको घरेलु मैदानमा हुनेछ ।
यस्तै डिसेम्बर ११ न हुने दोस्रो खेलमा मेलबर्न स्टार्स र ब्रिसबेन हिटबीच खेल हुनेछ ।
मेलबर्नबाट गत सिजन नेपालका सन्दीप लामिछानेले खेलेका थिए ।
यस सिजन भने सन्दीपको क्लब तय भएको छैन ।
बीबीएलमा ८ टिमले प्रतिस्पर्धा गर्ने छन् ।
अघिल्लो सिजनक तुलनामा यस सिजन केहि परिवर्तन भएको छ ।
यस सिजनमा हरेक बीबीएल टिमले ३ खेलाडीलाई प्लेईङ सेटमा राख्न पाउने छन् ।
यस अघि बीबीएलमा २ विदेशी खेलाडी मात्र राख्न पाईने प्रावधान रहेको थियो ।
बीबीएलमा एक टिमले ६ विदेशी खेलाडी अनुबन्ध गर्न पाईने छ ।
