एजेन्सी । इंग्ल्यान्डका ब्याट्सम्यान साम विलिङ्सले सिड्नी थन्डरबाट अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।
सिड्नीले शुक्रबार इंग्ल्यान्डका विकेटकिपर ब्याट्सम्यान विलिङ्सलाई अनुबन्ध गरिएको जनाएको छ ।
२८ वर्षीय ब्याट्सम्यानले पहिलो पटक थन्डरबाट खेल्न लागेका हुन् ।
यस अघि उनले दुई सिजन सिड्नी सिक्सर्सबाट खेलेका थिए ।
सिड्नीले विलिङ्स दक्षिण अफ्रिकाको भ्रमण पछि टिममा सामेल हुने जनाएको छ ।

इंग्ल्यान्डले नोभेम्बर र डिसेम्बरमा दक्षिण अफ्रिकासँग ३ खेलको एकदिवसीय र ३ खेलकै टी-ट्वान्टी सिरिज खेल्नेछ ।
नयाँ सिजनको बीबीएल आगामी डिसेम्बर १० बाट सुरु हुनेछ ।
सिड्नीले डिसेम्बर १२ मा मेलबर्न स्टार्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
यस सिजनमा हरेक बीबीएल टिमले ३ खेलाडीलाई प्लेईङ सेटमा राख्न पाउने छन् ।
यस अघि बीबीएलमा २ विदेशी खेलाडी मात्र राख्न पाईने प्रावधान रहेको थियो ।
यस्तै बीबीएलमा एक टिमले ६ विदेशी खेलाडी अनुबन्ध गर्न पाईने छ ।