• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
कहाँ पुग्यो मुख्य प्रशिक्षक छनोट प्रक्रिया ?
विश्वास थापा
शुक्रबार, कात्तिक २१, २०७७ विश्वास थापा
कहाँ पुग्यो मुख्य प्रशिक्षक छनोट प्रक्रिया ?
नेपाली टिम - फाइल तस्बिर

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले गत सेप्टेम्बरमा राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको थियो ।

क्यानले २० दिनको म्याद राखेर आह्वान गरेको दरखास्तमा ७७ जना प्रशिक्षकले आवेदन दिएका थिए ।

क्यानले अन्तर्वार्ताका लागि छनोट हुने प्रशिक्षकको सूची समेत तयार गरिसकेको छ ।  क्यानले अन्तर्वार्तामा छनोट हुने प्रशिक्षकको सूची अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) लाई समेत पठाईसकेको छ ।

यस्तै क्यानले मुख्य प्रशिक्षक छनोटका लागि ५ सदस्सीय छनोट समिति समेत गठन गरिसकेको छ । तर, आईसीसीले अन्तर्वार्ताको मिति तय नगर्दा मुख्य प्रशिक्षक छनोटमा ढिलाई भईरहेको छ ।

'अन्तर्वार्ताको लागि ५ जनाको प्यानल बनिसकेको छ । जसमा ३ जना क्यानबाट १ जना आईसीसी र १ जना स्वतन्त्र विज्ञ रहेका छन्,' क्यानका अध्यक्ष चतुर बहादुर चन्दले खेलपाटीसँग भने, 'अहिले हामी अन्तर्वार्ताको मिति कुर्दै बसेका छौं । प्रक्रिया तिहार अघि बाटै सुरु हुन्छ ।'

मुख्य प्रशिक्षकका लागि आवेदन धेरै परेको कारण अन्तर्वार्ता समय धेरै लाग्ने समेत चन्दले बताए ।

'छनोट प्रक्रिया तिहार अघिबाट सुरु भएपनि आवेदन धेरै परेको कारण लामो समय जान सक्छ । आईसीसीसँग निरन्तर छलफल हुँदै आएको छ । उसको प्रतिनिधिको समय मिलाएर प्रक्रिया छिटो सुरु हुन्छ,' चन्दले भने ।

आईसीसीबाट लामो समय निलम्बनमा परेको क्यान गत वर्ष सशर्त फुकुवा भएको थियो । जसको कारण क्यानले हरेक निर्णय आईसीसीको निगरानीमा गर्नु पर्ने हुन्छ ।

अन्तर्वार्ताकै क्रममा प्रशिक्षकसँग पारिश्रमिक बारे समेत छलफल हुनेछ । अन्तर्वार्तामा दुवै पक्षबीच सहमति मिले नेपालले छिटै मुख्य प्रशिक्षक पाउने छ । यस अघिका भारतीय प्रशिक्षक उमेश पटवालले मासिक ७ हजार अमेरिकी डलर पाउदै आएका थिए ।

गत फेब्रुअरीमा भएको विश्व क्रिकेट लिग अन्तर्गतको घरेलु सिरिजपछि नेपाली टिम मुख्य प्रशिक्षक विहीन रहेको छ । तत्कालिन प्रशिक्षक पटवालले राजीनामा दिएर स्वदेश फर्किएसँगै राष्ट्रिय टिम प्रशिक्षक विहीन भएको हो ।

क्यानले सुरुवातमा भारतीय मुलका प्रशिक्षक लालचन्द राजपुतलाई मुख्य प्रशिक्षक बनाउने तयारी गरेको थियो । तर, राजपुतसँग सम्झौता हुन नसकेपछि क्यानले दरखास्त आह्वान गरेको हो ।

यस अघि क्यानले नोभेम्बर भित्र मुख्य प्रशिक्षक छनोट भईसक्ने बताएको थियो । तर, क्यानको बोर्ड बैठक लगत्तै अध्यक्ष र सचिव अशोक नाथ प्याकुरेललाई कोरोना भाईरसको संक्रमण भएपछि छनोट प्रक्रिया थप लम्बिएको हो ।

नेपालको प्रशिक्षक बन्न चाहिने योग्यता :

- इंग्ल्यान्ड क्रिकेट बोर्ड वा क्रिकेट अष्ट्रेलियाबाट लेभल-३ कोर्ष पुरा गरेका प्रशिक्षक

- आईसीसी पूर्ण सदस्य वा फस्ट क्लास क्रिकेट टिम वा एसोसियट राष्ट्र वा अन्तराष्ट्रिय लिगमा तीन वर्ष प्रशिक्षकको भूमिका निभाएका

- क्रिकेटको जानकार तथा क्रिकेट कल्चर बुझेका

- ६० वर्ष ननाघेका पुरुष

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
उपाधि रक्षातिर नेपाल
उपाधि रक्षातिर नेपाल
मलेसियासँग नेपालले टस जित्यो
मलेसियासँग नेपालले टस जित्यो
इङ्ल्यान्डविरुद्ध गिलको शतक
इङ्ल्यान्डविरुद्ध गिलको शतक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP