साफ च्याम्पियनसिप : पहिलो हाफमा श्रीलंकाविरुद्ध भारतलाई अग्रता
बुधबार, भदौ २०, २०७५खेलपाटी संवाददाता

ढाका । बंगलादेशको ढाकामा जारी साफ सुजुकी कप फुटबलमा साविकको उपविजेता भारतले श्रीलंकाविरुद्ध पहिलो हाफमा १ - ० को अग्रता बनाएको छ ।
बंगबन्धु रंगशालामा खेलको ३५ औं मिनेटमा आशिक कुरुनियानले गोल गर्दै भारतलाई अग्रता दिलाएका हुन् । कुरुनियानले सुमित पासीको पासमा गोल गरेका हुन् ।
साफको लागि भारतले यू -२३ टोलीलाई बंगलादेश पठाएको छ ।
तीन टोलि सम्मिलित समूह 'बि' मा रहेको भारत र श्रीलंका दुवैलाई अघिल्लो चरणमा प्रवेशका लागि यस खेल महत्वपूर्ण रहेको छ । समूहमा अर्को टोलि माल्दिभ्स रहेको छ ।







-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


