बिहिबार, ०१ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

आईपीएल – सन्दीपको प्रतिक्षा !

सोमबार, १७ कार्तिक २०७७खेलपाटी संवाददाता
आईपीएल – सन्दीपको प्रतिक्षा !
mustang rice ad

काठमाडौँ । सन् २०१८ मे १२ को दिन, इण्डियन प्रिमियर लिग (आईपीएल) मार्फत विश्वले नेपाली एक ठिटोको प्रशंसा गरेको थियो ।

रोयल च्यालेंजर्स बैंगलोरविरुद्ध १८ वर्षको उमेरमा टी ट्वान्टी क्रिकेटमा डेब्यु गर्दै विश्व क्रिकेटमा आफ्नो आगमनको ढोका खोल्ने सन्दीप लामिछाने थिए ।

त्यसयता, विश्वका सबै ठुला भनिएका फ्रेन्चाइज लिगमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका सन्दीप नेपालको ग्लोबल आइकनको रुपमा स्थापित बने । जुनै फ्रेन्चाइज लिग खेल्न जान्छन्, ती टिमका मुख्य खेलाडी जस्तै बनेका छन् सन्दीप । कतिपय फ्रेन्चाइज लिगमा उनी टिमको मार्की खेलाडी समेत रहिसकेका छन् ।

तर लगातार तेस्रो पटक आईपीएल खेल्न दुबईमा रहेका सन्दीपको यसपटक लामो प्रतिक्षामा प्रतियोगिता बित्दै आएको छ ।

प्रतियोगितामा उनको टिम दिल्ली क्यापिटल्सले लिग चरणको १३ खेल खेलिसक्दा समेत सन्दीप बेन्चमा सिमित छन् ।

सन्दीपले कुनै प्रतियोगिता खेल्न तथा मैदान उत्रन सर्वाधिक प्रतिक्षा गर्नु परेको यसै पटक हो ।

आईपीएल बाहेक अन्य कुनै प्रतियोगितामा सन्दीप टिमका परिपुरक जस्तै छन् । तर विश्वको चर्चित लिग आईपीएलमा विश्वका हस्ती समेत बेन्चमा रहँदै आएका छन् । तर नेपाली समर्थक र सन्दीपको लागि यो आईपीएल निकै निरासामा बित्दै आएको छ । दिल्लीको हरेक खेलमा सन्दीप मैदान उत्रने आशा गर्ने नेपाली समर्थकलाई निराश भएर खेल हेर्ने बानी पर्न थालेको छ ।

कुनै पनि विदेशी लिगमा सन्दीप पहिलो रोजाइका स्पिनर रहँदै आएका छन् । यस्तै दुई संस्करणको आईपीएल खेल्दा समेत सन्दीपले यसपटकको जस्तो प्रतिक्षा गर्नु परेको थिएन । डेब्यु संस्करण उनले ११ खेल पश्चात मैदान उत्रने मौका पाएका थिए ।

सो संस्करणको ४५ औं खेलमा खेल्ने मौका पाएका सन्दीपले बाँकी सबै खेलमा स्थान बनाउन सफल भएका थिए ।

डेब्यु सिजन सन्दीपले ३ खेलमा ५ विकेट लिन सफल भएका थिए ।

लगातार १३ खेल खेल्दै ३ जित मात्र हात पारेको दिल्ली प्रतियोगिताबाट बाहिरिएपछि सन्दीपलाई मैदान उतारेको थियो ।

सन्दीप बिना ११ खेलमा ३ जित हात पारेको दिल्ली सन्दीपको आगमन पछि ३ खेलमा २ जित निकालेको थियो ।

सो सिजन दिल्ली तालिकाको पुछारमा सिमित बनेको थियो ।

दोस्रो पटक आईपीएलमा उनले पहिलो दुई खेलमा मात्र बेन्चमा रहनु पर्यो । तेस्रो खेलदेखि लगातार ४ खेलमा प्लेइङ ११ मा स्थान पाउँदा सन्दीपले अघिल्लो सिजन भन्दा दोब्बर, ६ खेल खेल्ने मौका पाए । प्लेअफ पुग्दै फाइनलको नजिकबाट दिल्ली बाहिरिंदा सन्दीपले ६ खेलमा ८ विकेट हात पारेका थिए ।

तर लयमा रहेका सन्दीप यसपटकको सिजन लामो प्रतिक्षामा बितेको छ । कतै यो सिजन उनी बेन्चमै सिमित हुने त हैनन् भन्ने शंका समेत उब्जिएको छ । डबल राउण्ड रोबिनको आधारमा चल्ने आईपीएलमा उनको टिमले एक खेल खेल्न बाँकी छ ।

दिल्ली १३ खेलमा ७ जित हात पार्दै १४ अंकका साथ तेस्रो स्थानमा छ । दिल्लीले प्लेअफमा स्थान बनाउन जितको विकल्प छैन ।

अझ उसलाई प्लेअफमा पुग्न गणितीय हिसाबमा समेत भर पर्नु पर्ने हुन्छ । प्लेअफ पुग्न नसके सन्दीपको टिमको यस सिजन बैंगलोरविरुद्धको खेल अन्तिम हुनेछ ।

उपाधि दाबेदार मानिएको दिल्ली पछिल्लो खेलमा खराब प्रदर्शन गर्दै प्लेअफको लागि संघर्ष गरिरहेको छ ।

वेष्ट इण्डिजको क्यारेबियन प्रिमियर लिगमा किफायती प्रदर्शन गर्दै दुबई पुगेका सन्दीप मैदान उत्रन निकै आतुर छन् ।

लिगमा १० खेलमा बलिङ गर्दै १२ विकेट लिन सफल सन्दीप आफ्नो टिमको सर्वाधिक विकेट लिने दोस्रो खेलाडी थिए ।

लगत्तै आईपीएल रहेको कारण राम्रो लयमा देखिएका सन्दीपले धेरै खेलमा मौका पाउने अनुमान र विश्वास गरिएको थियो । तर दिल्लीको प्लेइङ सेटले सबैको विश्वास र अनुमान गलत साबित गरिदियो ।

आईपीएलमा सन्दीपको टिममा भेट्रान स्पिनर रबिचन्द्रन आश्विन, अक्षर पटेल, अमित मिश्रा जस्ता स्पिनर रहेका कारण मैदान उत्रने मौका पाएका छैनन् । दिल्लीको पहिलो रोजाइका स्पिनर अमित तथा आश्विन घाइते हुँदा समेत सन्दीपले प्लेइङ ११ मा स्थान नपाउँदा नेपाली समर्थक निकै निराश थिए ।

दिल्लीलाई प्ले अफ पुग्न बाँकी रहेको एक खेल निकै महत्वपूर्ण रहेको कारण सो खेलमा समेत सन्दीप मैदान उत्रने सम्भावना निकै कम देखिन्छ ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आयरल्यान्डसँग लज्जास्पद हार

आयरल्यान्डसँग लज्जास्पद हार

लगातार दोस्रो जित निकाल्दै टिकापुर सेमिफाइनलमा

लगातार दोस्रो जित निकाल्दै टिकापुर सेमिफाइनलमा

राजपुरको लगातार दोस्रो

राजपुरको लगातार दोस्रो

Bajaj Pulsar Motorcycle Ad
धुवाँले रोकिएको खेलमा बायर्नको पुनरागमन जित

धुवाँले रोकिएको खेलमा बायर्नको पुनरागमन जित

चेल्सीलाई हराउँदै आर्सनल फाइनलनजिक

चेल्सीलाई हराउँदै आर्सनल फाइनलनजिक

मोरक्को अफ्रिका कप अफ नेसन्सको फाइनलमा

मोरक्को अफ्रिका कप अफ नेसन्सको फाइनलमा

हिमालयन च्यालेन्जर्समा अभिकको एकल अग्रता

हिमालयन च्यालेन्जर्समा अभिकको एकल अग्रता

लालिगुराँस एसोसिएसनलाई पोखरा एभेन्जर्सको साथ

लालिगुराँस एसोसिएसनलाई पोखरा एभेन्जर्सको साथ

एरिकले जोगाए अंक

एरिकले जोगाए अंक

आयरल्यान्डसँग लज्जास्पद हार

आयरल्यान्डसँग लज्जास्पद हार

लगातार दोस्रो जित निकाल्दै टिकापुर सेमिफाइनलमा

लगातार दोस्रो जित निकाल्दै टिकापुर सेमिफाइनलमा