इब्राहिमोविचको गोलमा मिलानको जित
आइतबार, कार्तिक १६, २०७७खेलपाटी संवाददाता

एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा लिग लिडर एसी मिलानले जित निकालेको छ ।
आइतबार साँझ भएको खेलमा मिलानले उडिनेजेलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
मिलानलाई जित दिलाउन फ्रान्क केसी र ज्लाटन इब्राहिमोविचले एक एक गोल गरे ।
उडिनेजेका रोड्रिगो डी पाउलले एक गोल फर्काए ।
उडिनेजेको मैदानमा फ्रान्कले १८ औं मिनेटमा गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए ।
४८ औं मिनेटमा रोड्रिगोले पेनाल्टीमा गोल गर्दै उडिनेजेलाई १-१ गोलको बराबरीमा ल्याए ।
तर, खेलको ८३ औं मिनेटमा इब्राहिमोविचले गोल गर्दै मिलानलाई २-१ को जित दिलाए ।
जितसँगै मिलानले ६ खेलमा १६ अंक जोडेको छ । मिलानले शीर्ष स्थानको अग्रता ४ अंकको समेत बनाएको छ ।
पराजित उडिनेजे ३ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।







-1762763443397.jpg&w=3840&q=75)




-1762758084543.jpg&w=3840&q=75)
-1762739898132.webp&w=3840&q=75)