एजेन्सी । साविक विजेता युभेन्ट्सले इटालियन सिरी 'ए' फुटबलमा आज (आइतबार) स्पेजियासँग प्रतिस्पर्धा गर्दैछ ।
युभेन्ट्सले तुलनात्मक कमजोर टिम स्पेजियासँग उसैको मैदानमा खेल्नेछ । दुई टिमबीचको खेल राति ७:४५ बजे सुरु हुनेछ ।
घरेलु टिमविरुद्ध मैदान उत्रदा युभेन्ट्स सहज जितको खोजीमा हुनेछ । युभेन्ट्स जित निकाल्दै शीर्ष तीन भित्र समेत उक्लन चाहन्छ ।
युभेन्ट्स ५ खेलमा ९ अंक जोडेर छैटौं स्थानमा रहेको छ । स्पेजिया ५ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।
स्पेजियाविरुद्धको खेलसँगै क्रिस्टियानो रोनाल्डो मैदान फर्कने छन् । कोरोना भाईरसको संक्रमण भएपछि रोनाल्डोले तीन सातायता मैदा बाहिर रहेका थिए ।
कोरोना देखिएपछि रोनाल्डोले युभेन्ट्सको ४ खेल गुमाएका थिए ।
यस्तै सिरी 'ए' को लिग लिडर एसी मिलानले उडिनेजेसँग उसैको मैदानमा खेल्नेछ ।
मिलान ५ खेलमा १३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
त्यस्तै नापोलीले सासोउलोसँग खेल्दा रोमाले फियोरेन्टिनासँग खेल्नेछ ।
लाजियोले टोरिनोसँग खेल्नेछ ।