साफ फुटबल : विमलको गोलमार्फत खेलमा फर्कियो नेपाल
मंगलबार, भदौ १९, २०७५खेलपाटी संवाददाता

काठमाडौं । साफ च्याम्पियनसिपमा विमल घर्तिमगरको गोलमार्फत नेपाल खेलमा फर्किएको छ ।
पहिलो हाफमा पाकिस्तानसंग एक शुन्यले पछाडी परेको स्थितीलाई उल्ट्याउदै नेपालकालागि विमलले गोल गरेका छन् ।
उनले खेलको ८३ औ मिनेटमा बराबरी गोल फर्काएका हुन् ।
खेलको ३७ औ मिनेटमा नेपालले एक गोल ब्यहोरेको थियो । पेनाल्टीमार्फत पाकिस्तानलाई मोहमद रिजाले अग्रता दिलाएका थिए ।
समूह ए मा रहेको नेपाललाई अघिल्लो चरणमा प्रवेशकालागि पाकिस्तानलाई जित्नैपर्ने दबाब छ । नेपालले बिहिबार भुटान र शनिबार बंगलादेशको सामना गर्नेछ ।
साफ फुटबलको १२ औं संस्करणसम्म आइपुग्दा नेपालले उपाधि जित्न सकेको छैन ।






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

