बालगोपाल महर्जनले भने, ‘हामी उपाधि जित्नकालागि आएका हौ ।’
सोमबार, भदौ १८, २०७५खेलपाटी संवाददाता

काठमाडौं । राष्ट्रिय फुटबल टिमका प्रशिक्षक बालगोपाल महर्जनले आफुहरु साफको उपाधि जित्न बंगलादेश आएको बताएका छन् ।
‘हामी यहाँ उपाधिकालागि आएका हौ ।’ महर्जनले भने, ‘हाम्रो पहिलो लक्ष्य नकआउट चरण पुग्नु हुनेछ । त्यसपछि हामी उपाधिकालागि लड्नेछौ ।’
उनले नेपाली टिममा नयाँ अनुहार समेत रहेको उल्लेख गर्दै खेलाडीले प्रतियोगिताकालागि कडा मेहनत गरेको बताए ।
नेपालले भोली पाकिस्तानसंग खेल्दै साफको सुरुवात गर्दैछ ।
नेपाली टिममा पाकिस्तानसंगै भुटान र बंगलादेश छन् ।
नेपाली टिम हिजो आईतबार ढाका पुगेको हो । खेलाडीले सोमबार ढाकाको स्थानीय मैदानमा सामान्य अभ्यास गरेका छन् ।
प्रशिक्षक महर्जनले साफमा सुमन अर्याललाई डेब्यु गराउने संकेत समेत गरेका छन् ।






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

