एजेन्सी । नेसन्स लिग फुटबलमा जर्मनीले युक्रेनलाई हराएको छ ।
शनिबार राति जर्मनीले युक्रेनलाई २–१ ले हराएको हो ।
विश्वकप फुटबलमा ७ पटक फाइनल पुगेको जर्मनीले नेसन्स लिग फुटबलमा पहिलो जित दर्ता गरेको हो ।
उसले समूह चरणको सुरुवाती दुई खेलमा बराबरी खेल्दै अंक बाँडेको थियो ।
खेलमा अग्रता २० औं मिनेटमा मथायस गिन्टरको गोलमा जर्मनीले लिएको थियो । लियोन गोरेत्र्जकाले ४९ औं मिनेटमा जर्मनीका अग्रता दोब्बर बनाउने काम गरे ।
घरेलु टोली युक्रेनका रुस्लान मालिनोवस्कीले एक सान्त्वना गोल फर्काए ।
जर्मनीले दुई वर्ष अघि सुरु नेसन्स लिगमा जित निकाल्न सकेको थिएन । यस संस्करणमा जर्मनीले तीन खेलबाट ५ अंक जोडेको छ ।
करिब ७० हजार दर्शक क्षमताको रगशालामा ३० प्रतिशत दर्शकलाई प्रवेश अनुमती प्रदान गरिएको थियो ।

यस सिजन चेल्सीबाट खेल्न नपाएका डिफेन्डर एन्टोनियो रुडीगरले प्रभावशाली प्रर्दशन गरे । उनले जर्मनीको सुरुवाती गोलका लागि सहयोग पनि उपलब्ध गराए ।
चेल्सी स्टार काइ हभार्ट्ज र टिमो वार्नरले बेन्चबाट खेलको सुरुवात गरे । दुवै खेलाडी खेलको अन्तिममा मैदान प्रवेश गरेका थिए ।