एजेन्सी । युईएफए नेसन्स लिग फुटबलमा स्पेनले स्विटजरल्याण्डविरुद्ध संघर्षपूर्ण जित दर्ता गरेको छ ।
शनिबार राति मड्रिडमा भएको खेलमा स्पेनले स्विटजरल्याण्डलाई १–० ले हराएको हो ।
पहिलो हाफको १४ औं मिनेटमा रियल सोसिडाडका मिकेल ओयारजबलले स्पेनका लागि विजयी गोल गरे ।

स्पेनका डेभिड डी गियाले घरेलु टोलीबाट क्लिन चिट पाए । उनी चेल्सीका गोलकिपर किपा इरिजाब्लागाको स्थानमा मैदान छिरेका थिए ।
उनले सुरुवातमै लोरिस बेनिटोको प्रहारलाई बचाउ गरेका थिए ।
जितसंगै स्पेन तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसले ३ खेलबाट ७ अक जोडेको छ । पुछारको स्विटजरल्याण्डको १ अंक छ ।