एजेन्सी । इटालियन क्लब इन्टर मिलानका तीन खेलाडीलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
इन्टरले एक विज्ञप्ति निकाल्दै आफ्ना तीन खेलाडीलाई कोरोना पोजेटिभ देखिएको जनाएको छ ।
कोरोना देखिने खेलाडीमा मिडफिल्डर रोबर्टो गाग्लियार्दिनी र राड्जा नाइनगोलान रहेका छन् ।
यस्तै गोलकिपर आन्द्रेइ राडुलाई समेत कोरोना देखिएको इन्टरले जनाएको छ ।
कोरोना देखिएका तीनै खेलाडी सेल्फ आईसोलेसनमा रहेको बताईएको छ ।
यस्तै तीनै खेलाडीको स्वास्थ्यमा कुनै समस्या नरहेको बताईएको छ ।
शुक्रबार मात्र एसी मिलानका स्ट्राइकर ज्लाटन इब्राहिमोविच कोरोना भाईरसको संक्रमणबाट मुक्त भएका थिए ।
३८ वर्षीय इब्राहिमोविच दुई साताको आइसोलेसनपछि कोरोना मुक्त भएका हुन् ।