एजेन्सी । इटालियन क्लब एसी मिलानका स्ट्राइकर ज्लाटन इब्राहिमोविच कोरोना भाईरसको संक्रमणबाट मुक्त भएका छन् ।
स्विडेनका इब्राहिमोविचले आफु कोरोनाको संक्रमणबाट मुक्त भएको बताएका छन् ।
'स्वास्थ्य अधिकारीले भन्यो कि मेरो क्वारेन्टिन बसाइ सकिएको छ,' सामाजिक संजालमा इब्राहिमोविचले लेखेका छन् ।
३८ वर्षीय इब्राहिमोविच दुई साताको आइसोलेसनपछि कोरोना मुक्त भएका हुन् ।
उनलाई सेप्टेम्बर २४ मा कोरोना पुष्टि भएको थियो ।
जसको कटान उनले युरोपा लिग छनोट अन्तर्गत नर्वेजियन क्लब बोडोविरुद्धको खेल गुमाएका थिए ।
इब्राहिमोविचसँगै अर्का खेलाडी लियो डा सिल्भालाई समेत कोरोना देखिएको थियो ।