एजेन्सी । इंग्लिस क्लब उल्भ्सका फरवार्ड राउल जेमिनेजले क्लबसँग नयाँ सम्झौता गरेका छन् ।
मेक्सिकन फरवार्ड जेमिनेजले शनिबार उल्भ्ससँग चार वर्षको नयाँ सम्झौता गरेका हुन् ।
नयाँ सम्झौतासँगै जेमिनेज सन् २०२४ सम्म उल्भ्समा रहने छन् ।
म्यानचेस्टर युनाइटेड र युभेन्ट्स जाने चर्चा चलेपनि जेमिनेजले उल्भ्ससँग नयाँ सम्झौता गरेका हुन् ।
२९ वर्षीय जेमिनेज गत सिजन उल्भ्सको स्थाई खेलाडी बनेका थिए । उल्भ्सले पोर्चुगिज क्लब बेन्फिकाबाट उनलाई अनुबन्ध गरेको थियो ।
सन् २०१८/१९ को सिजन भने जेमिनेजले लोनमा उल्भ्सबाटै खेलेका थिए ।
जेमिनेजले उल्भ्सका लागि १ सय ३ खेलमा ४६ गोल गरिसकेका छन् ।
जेमिनेजले यस सिजन ३ खेलमा २ गोल गरेका छन् ।
