एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज (शनिबार) विभिन्न ५ खेलहरु हुँदैछ ।
ला लिगामा शनिबार एट्लेटिको मड्रिडले भिल्ला रियलसँग प्रतिस्पर्धा गर्नेछ । एट्लेटिकोले घरेलु मैदानमा भिल्लासँग खेल्नेछ ।
घरेलु मैदानमा एट्लेटिको दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ । अघिल्ला दुई खेलमा एट्लेटिको एक जित र एक बराबरी खेलेको छ ।
भिल्ला रियल भने तेस्रो जितेको खोजीमा हुनेछ । भिल्लाले ४ खेलमा २ जितसहित ७ अंक जोडेको छ ।
ला लिगा अन्तर्गत नै रियल भालाडोलिटले आइबरसँग खेल्नेछ ।
त्यस्तै रियल सोसिडाडले गेटाफेसँग खेल्दा इल्चेले हुएस्कासँग खेल्नेछ ।
अर्को खेलमा भ्यालेन्सिया र रियल बेटिस खेल्नेछन् ।