• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
क्यानकाे एक वर्ष – धरासायी बन्ने बाटोमा क्रिकेट
खेलपाटी संवाददाता
सोमबार, असोज १२, २०७७ खेलपाटी संवाददाता
क्यानकाे एक वर्ष – धरासायी बन्ने बाटोमा क्रिकेट
क्यान निर्वाचनमा मतदान गर्दै अध्यक्ष चतुरबहादुर चन्द । फाेटाे : खेलपाटी

काठमाडौं । एक वर्ष अघि नेपाल क्रिकेट संघ (क्यान)को साधारण सभा हुँदै गर्दा आम समर्थक एकदमै उत्साहित थिए ।

क्यान आईसीसीको निलम्बनमा थियो । अभिभावक संस्था नहुँदा घरेलु क्रिकेट अन्तराष्ट्रिय प्रतियोगितामा सिमित थियो । खेलाडीको उत्पादन, विकास र प्रर्दशनको चक्र बन्द जस्तै रह्याे ।

क्यानको साधारण सभा सबै दृष्टिकोणबाट ऐतिहासिक थियो । व्यक्ति जो आएपनि क्यान पुर्नस्थापित हुँदै थियो । आईसीसीले लिएको नेपाली क्रिकेटको लगाम देशमा फर्कदै थियो । विवाद, संवाद र समाधानका झण्डै चार वर्षे उद्धेश्यहिन यात्रा पार गर्दै क्यान सही ‘ट्रयाक’मा आउने विश्वास राखिएकाे थियो ।

क्यानको नेतृत्वमा दाबी गरिरहेका दुवै समूहलाई थाहा थियो, जितेर आएपनि क्रिकेट चलाउन सजिलो हुने छैन ।

क्यान चलाउन फलामको च्यूरा हुनेमा दुवै पक्ष जानकार थिए । सरकार समर्थित समूहलाई पराजित गर्दै क्यानको नेतृत्वमा आएका चतुरबहादुर चन्द नेतृत्वको समूहकालागि चार बर्षको कार्यकाल चुनौतीका चाङ्गले भरिएका थियो ।

तर जुन मर्म र उद्धेश्यका साथ क्यानमा नयाँ नेतृत्व आएको थियो । त्यो गतिमा सुरुवाती दिनबाट ‘ब्रेक’ लाग्न सुरु भयाे । विगत एक वर्षलाई फर्किएर हेर्दा क्यानसंग कामको प्रगति भन्दा गर्न नसकिएका ‘रेडीमेड उत्तर धेरै छन् । कोभिड–१९ लाई कारण देखाएर क्यान निर्वाचनकाे मितिदेखिनै ‘क्वारेन्टिन’मा बसेको जस्तो देखिन्छ । संघभित्रका जटिलता समाधानमा नेतृत्वले पहल नगर्ने हो भने क्रिकेट ‘कोमा’मा जाने देखिएको क्रिकेटका सरोकारवालाहरु बताउँछन् ।

घरेलु खेलकुदको सबैभन्दा जेठो संस्था क्याननै व्यवस्थापकीय, प्रशासनीक, प्राविधिक र गतिविधिका हिसाबले सबैभन्दा कमजोर छ । क्यानले संस्थागत ईतिहास हेरेर समिक्षा गर्दा वर्तमान नेतृत्वले गर्दैछौ, हुदैछ जस्ता शब्दावली प्रयोग गरेर नेपाली क्रिकेट चल्ने देखिदैन । वितेको एक वर्षमा क्यानको नेतृत्वले नेपाली क्रिकेटको कहाँ पुर्याउने भन्ने स्पष्ट चित्र समेत दिन सकेन । 

घरेलु क्रिकेटका पण्डितहरु भन्छन्, ‘क्यान खराब अवस्थाबाट धरासायी बन्ने बाटोमा प्रवेश गर्दैछ ।’

यसका केही खास खास कारणहरु छन् । 

आर्थिक कारण

असोजको पहिलो साता चितवनमा बसेको क्यानको बोर्ड बैठकले राष्ट्रिय प्रतियोगिताको रुपमा प्रधानमन्त्री कप गर्ने निर्णय गर्यो । सबैलाई थाहा छ, पीएम कप राखेपको कार्यक्रम हो । तर क्यानले आगामी मंसिरभित्र पीएम कप गर्ने निर्णय गरेको छ । राखेपसंग दुरी राख्दै आएको क्यान एक्कासी राखेपकै कार्यक्रम गर्ने निर्णयमा किन पुग्यो त ?

क्यानका एक सदस्य भन्छन्, यसको मुख्य कारण आर्थिक हो । क्यान चरम आर्थिक संकटमा छ । खाता लगभग शुन्य छ । बजेट नभएपछि क्यानले आफ्ना वार्षिक कार्यक्रम घोषणा गर्न सकेको छैन । बरु राखेपकै प्रतियोगितालाई वार्षिक कार्यक्रममा राख्ने अवस्थामा पुगेकाे हाे ।

पछिल्ला एक वर्षमा क्यानले कुनै राष्ट्रिय प्रतियोगिता गर्न सकेन ।

प्रतियोगिता भए पो प्रायोजक ।

प्रायोजक भए पो आम्दानी ।

क्यानका प्रतियोगिता, प्रायोजक र आम्दानी शुन्य जस्तै छ । चुस्त समन्व्य गर्न नसक्दा कार्यक्रममा आधारित अनुदान आईसीसीबाट ल्याउन सकेको छैन । जसले गर्दा क्यान आर्थिक संकटमा छ ।

आईसीसीसंग समन्व्यको अभाव

वर्तमान कार्यसमिति कुनै समय आईसीसीबाट प्रतिबन्धित संस्था हो । बित्तिय अनुशासनलाई कायम राख्ने शर्तमा आईसीसीले क्यानमाथि आंशिक फुकुवा गरेको छ । तर क्यानको स्वतन्त्रतामा आईसीसीको अंकुश यथावत छ । पूर्ण रुपमा प्रतिबन्ध फुकुवाका लागि क्यानले प्रशासनीय र वित्तिय संरचनामा व्यापक सुधार गर्न आवश्यक छ । जसकालागि क्यान कछुवा गतिमा प्रयासरत जस्तो देखिन्छ ।

क्यान र आईसीसीको सहमती हो, कार्यक्रममा आधारित अनुदान । यसको अर्थ आईसीसीले नेपाललाई दिने अनुदान अब एकैपटक आउदैन । क्यानले प्रस्ताव गरेका कार्यक्रम पास भएको खण्डमामात्र आईसीसीले पैसा पठाउँछ । त्यसैले हरेक कार्यक्रमका लागि आईसीसीका कर्मचारीसंग ‘डिल’ गर्नुपर्ने बाध्यता क्यानलाई छ । यसले गर्दा आफुहरुले गर्ने हरेक कार्यक्रमको प्रक्रियाले समय लिने गरेको क्यानका अध्यक्ष चन्द बताउँछन् । क्यानप्रति आईसीसीको सम्बन्ध हार्दिक छैन । त्यसैले क्यानमाथि पुरा विश्वास आईसीसीले गरेको देखिदैन । यही अविश्वासको असर क्यान र नेपाली क्रिकेटमा यथावत छ ।

राखेपसंगको सम्बन्ध

घरेलु क्रिकेटको कार्यकारी निकाय हो, राखेप । तर राखेपसंग क्यानको सम्बन्ध पछिल्लो एक बर्षमा पनि बन्न सकेन । राखेपको नेतृत्वमा रमेश सिलवाल हुदाँ अझ सम्बन्धमा जटिलता पैदा भएकाे छ ।

सिलवाल तीनै व्यक्ति हुन्, तत्कालिन क्यानलाई भंग गर्दै सरकारले गठन गरेको क्यानको तदर्थ कमिटिमा सिलवाल संयोजक थिए । आफुहरुविरुद्ध निर्वाचनमा समेत खेलेका कारण वर्तमान क्यानका पदाधिकारीले राखेपसंग सम्बन्ध बनाउन आँट गर्न सकेका छैनन् ।

१३ औं सागको दौरान विभिन्न खेलकुद संघले राखेपको सहयोगमा धेरै पूर्वाधार र सहयोग जुटाए । तर क्यानले शुद्ध प्रतियोगिता बाहेक राखेपसंग कुनैपनि संस्थागत फाईदा उठाउनै सकेन । राखेप सदस्य सचिव सिलवाल र क्यानको वर्तमान नेतृत्वबीच हार्दिक सम्बन्ध छैन । त्यसको असर नेपालको क्रिकेट विकासमा देखिएको छ ।

खेलाडी सम्बन्ध

क्यान र खेलाडीबीच कहिल्यै राम्रो सम्बन्ध स्थापित हुन सकेन । एक समय वर्तमान नेतृत्वसंग खेलाडीको वारपारको अवस्था थियो । पछिल्ला चार-पाँच वर्षमा क्यान बिनै नेपाली क्रिकेटरले अन्तराष्ट्रिय जगतमा आफुलाई स्थापित र प्रमाणीत गरेका छन् । एकदिवसीय मान्यता प्राप्त हैसियतका खेलाडीको व्यवसायीकता क्यान भन्दा धेरै माथि पुगिसकेको छ ।

प्रायोजक खोजेर वर्षको करोडौ कमाउने क्रिकेटर यही छन् । विदेशी लिग खेलेर लाखौ डलर खेलाडीले कमाएका उदाहरण छन् । तर खेलाडी र क्यानबीचको सम्बन्ध अझपनि ज्यूँका त्यूँ छ । आफुलाई व्यवस्थापन गर्ने नैतिक र व्यवस्थापकीय क्षमता क्यानका पदाधिकारीले राख्न नसक्ने खेलाडीहरु ठान्छन् ।

उदाहरणका लागि क्यानको निर्वाचन लगत्तै पारस खड्काले राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट राजीनामा दिए । वर्तमान क्यानको कप्तानको रुपमा नेपाली क्रिकेटको नेतृत्व गर्न नसक्ने उनले प्रष्ट सन्देश थियो ।

पारस मात्र हैन, अधिकांश राष्ट्रिय टिमका क्रिकेटरलाई क्यानसंग स्पष्ट योजना, क्षमता र जवाफदेहिता छैन भन्ने लाग्छ । वितेको एक वर्षमा क्यानले न त खेलाडीलाई विश्वासमा लिन सकेको छ, न त खेलाडीको धारणा बदल्न प्रयास गरेको छ । वर्तमान नेतृत्वले समेत खेलाडीको जगडिएको धारणालाई बदल्न कोशिश गरेका छैन ।

बरु खेलाडी संघ (सीप्यान) दर्ता गरेर क्रिकेटरले सक्रिय रुपमा चुनौती दिईरहेको क्यानको आरोप छ । क्यानको वर्तमान नेतृत्व समेत सीप्यानलाई आफ्नो समानान्तर चुनौती दिने संस्थाको रुपमा लिन्छ । त्यसैले पनि क्यानले अहिलेसम्म आधिकारिक रुपमा सीप्यानलाई खेलाडी संघको मान्यता दिएको छैन ।

आन्तरिक विवाद

क्यानको वर्तमान नेतृत्व, सरकार र आईसीसीसंग लामो संघर्ष गर्दै स्थापित भएका होे । सरकारले मान्यता नदिदा, आईसीसीले प्रतिबन्ध लगाउँदा समेत वर्तमान नेतृत्वलाई स्थापित गर्न धेरै व्यक्ति र समूहले सहयोग गरे । क्यानको वर्तमान नेतृत्वलाई निर्वाचनमा केहीले देखिएर सहयोग गरे, केहीले अदृष्य रुपमा ।

निर्वाचनमा वर्तमान कार्यसमितिले क्लिन स्विपनै गर्यो । सरकार समर्थित समूहलाई पराजित गर्दै वर्तमान नेतृत्वलाई स्थापित गराउन सहयोग गरेका केही अदृष्य शक्ति निर्वाचनमा निर्णायक थिए । तीनै शक्ति अहिलेपनि नेपाली क्रिकेटमा हावी हुन खोज्छन्, हिस्सेदारी माग गर्छन् । आफ्ना मान्छेलाई क्रिकेट राजनीतिमा स्थापित गर्ने चाहना राख्छन् ।

बाहिर मात्र नभएर क्यानभित्र समेत विभिन्न समिकरणहरु छन् । नेतृत्वका हिसाबले चतुरबहादुर चन्दले जितेपनि क्यानभित्र उनी कमजोर देखिन्छन् । अध्यक्ष, कोषाध्यक्ष र उनीहरु समर्थित जिल्ला एकातिर छन् । सचिवसंग आफु सहित सहयोगी जिल्लाको बेग्लै समूह छ । क्रिकेट राजनीतिमा काठमाडौं केन्द्रित जिल्ला र क्यान बाहिर रहेका शक्तिले फरक फरक समूह बनाएका छन् । सुदुरपश्चिमको बैतडीमा बस्ने अध्यक्ष, पूर्वको महोत्तरीमा बस्ने कोषाध्यक्ष र काठमाडौंमा बस्ने सचिव बीच संयोजन मिलाउन चितवनमा बोर्ड बैठक बस्नुपर्ने बाध्यता छ । यसले क्यानले गतिविधिलाई नराम्ररी असर गरिरहेको छ ।

कोरोनाका प्रभाव

असोजको दोस्रो साता क्यानमा नयाँ नेतृत्व आयो । सोही महिनाको अन्तिम साता क्यानलाई आईसीसीले शसर्त प्रतिबन्ध फुकुवा गर्यो । नेपालमा घरेलु क्रिकेटको सिजन असोजदेखि चैत बैशाखसम्म हो । तर क्यानले सो समयमा कुनै राष्ट्रिय तथा उमेर समूहका प्रतियोगिता आयोजना गरेन । बजेट त थिएन तर समयमै आईसीसीमा प्रस्ताव पनि गएन ।

असोजमा निर्वाचित भएको क्यानले कात्तिकमा प्रतियोगिता सहितका खाका कोर्ने समिति बनायो । वार्षिक प्रतिवेदन तयार गरेर आईसीसीमा प्रस्ताव गर्दा गर्दै कोरोना कहरले छोपिहाल्यो । प्रतियोगिताको घोषणा गर्न निकै ढिला भैसकेको थियो । क्यानले प्रयोजक खोजेर आफैले घरेलु प्रतियोगिताको ढोका खोल्ने जाँगर चलाएन ।

आईसीसीलाई कन्याउँदै वर्ष बितेपछि कोरोना कहरलाई देखाएर पदाधिकारीहरु जिम्मेवारीबाट उम्किन खोज्दैछन् ।

काेराेनाकाे प्रभाव कहिलेसम्म रहने टुङ्गो छैन । सन् २०२२ सम्म रहेको नेपालको एकदिवसीय मान्यतालाई कसरी संस्थागत गर्ने प्रष्ट योजना र कार्यक्रम छैन । कोरोनाले राष्ट्रिय टिमले खेल्ने सिरिजहरु प्रभावित छन् । राष्ट्रिय टिमलाई मैदानमा कहिले उतार्ने क्यानसंग योजना छैन । कोरोना कहरका बीच क्रिकेटलाई अघि बढाउने बिषयमा नेतृत्व आफै रनभुल्लमा छ । जसले गर्दा क्रिकेट थप धरासायीको बाटोमा अग्रसर देखिन्छ ।

राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एलबी क्षेत्री निर्वाचनको मर्म र उद्धेश्य अनुसार क्यानको वर्तमान कार्यसमितिले काम गर्न नसकेको टिप्पणी गर्छन ।

वर्तमान नेतृत्व चुनौतीका साथ क्यानको जिम्मेवारीमा आएको उल्लेख गर्दै उनले क्रिकेटको गम्भिरतालाई बुझेर काम नगर्दा अहिलेको समस्या उत्पन्न भएको बताउँछन् ।

‘क्यान जुन मर्म र उद्धेश्यका साथ आयो । त्यो गतिमा अघि बढ्न सकेन ।’ उनले भने, ‘वर्तमान नेतृत्व चुनौतीका साथ आएको हो । उसले पहिलो दिनबाट काम गर्न पर्दथ्यो । बिषयको गम्भिरतालाई बुझेर काम नगर्दा अहिलेको समस्या आएको हो ।’

क्रिकेट विवाद समाधान गर्न आईसीसीको विशेष समितिमा समेत रहेका क्षेत्रीले क्यानको नेतृत्वले आफ्नो लक्ष्यबारे भरोसा दिलाउन नसकेको बताए ।

‘क्रिकेटलाई कति वर्षमा कुन स्तरमा लैजान ? हाम्रो लक्ष्य के हो ? भन्ने विषयमा नेतृत्वले भरोसा दिलाउन सक्नुपर्दथ्यो । दीर्घकालिन लक्ष्य प्राप्तिका लागि रणनीति र कार्यक्रमनै प्रस्ट भएन ।’ उनले थपे ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
बहराइनमाथि नेपालको सानदार जित
बहराइनमाथि नेपालको सानदार जित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
चेल्सीको ऐतिहासिक कीर्तिमान
चेल्सीको ऐतिहासिक कीर्तिमान
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP