मार्शले आईपीएल गुमाउने
बुधबार, ०७ आश्विन २०७७खेलपाटी संवाददाता

एजेन्सी । सनराइजर्स हैदराबादका अलराउण्डर मिचेल मार्शले इन्डियन प्रिमियर लिग (आईपीएल) का बाँकी खेल गुमाउने भएका छन् ।
चोटका कारण अष्ट्रेलियन मार्शले युएईमा जारी आईपीएलको बाँकी खेल गुमाउने भएका हुन् ।
हैदराबादले बुधबार चोटका कारण मार्शले आईपीएलको बाँकी खेल गुमाउने जनाएको छ ।
यस्तै हैदराबादले मार्शको स्थानमा जासन होल्डरलाई अनुबन्ध गरेको जनाएको छ ।
यस वर्षको प्रतियोगितामा हैदराबादले हारबाट सुरुवात गरेको छ ।
पहिलो खेलमा हैदराबादलाई रोयल च्यालेन्जर्स बैंगलोरले १० रनले हराएको थियो ।
बैंगलोरविरुद्धकै खेलमा मार्शले एन्कलको चोट बोकेका थिए ।












-1768462517116.jpeg&w=3840&q=75)
-1768446504496.webp&w=3840&q=75)
-1768446054142.webp&w=3840&q=75)
-1768445380692.webp&w=3840&q=75)