सेमिडो अनुबन्ध गर्ने उल्भ्सको तयारी
सोमबार, असोज ५, २०७७खेलपाटी संवाददाता

एजेन्सी । प्रिमियर लिग क्लब उल्भ्सले पोर्चुगिज डिफेन्डर नेल्सन सेमिडो अनुबन्धको लागि तयारी सुरु गरेको छ ।
उल्भ्सले डिफेन्डर अनुबन्धका लागि स्पेनिस क्लब बार्सिलोनासँग छलफल गरेको बीबीसीले जनाएको छ ।
गत साता पोर्चुगिज फरवार्ड डिएगो जोटालाई अनुबन्ध गरेको उल्भ्सले अर्का पोर्चुगिज खेलाडी अनुबन्ध गर्ने तयारी गरेको हो ।
उल्भ्सले २६ वर्षीय डिफेन्डरको लागि ३० मिलियन खर्चने बताईएको छ ।
म्याट डोहेर्टी टोटेनहम गएपछि उल्भ्सले राइट ब्याक सेमिडो अनुबन्ध गर्न चाहेको हो ।
सेमिडो बेन्फिकाबाट सन् २०१७ मा बार्सिलोना आएका थिए ।
बार्सिलोनाका लागि १ सय २४ खेल खेलिसकेका सोमिडोले पोर्चुगलका लागि १३ खेल खेलिसकेका छन् ।







-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)
-1762154705887.png&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)
