टर्किस विंगर अन्डर लेष्टरमा
आइतबार, ०४ आश्विन २०७७खेलपाटी संवाददाता

एजेन्सी । प्रिमियर लिग क्लब लेष्टर सिटीले टर्किस विंगर सेन्गिज अन्डरलाई अनुबन्ध गरेको छ ।
लेष्टरले अन्डरलाई एक सिजनको लागि रोमाबाट लोनमा अनुबन्ध गरेको हो ।
लेष्टरले आइतबार अन्डरलाई लोनमा अनुबन्ध गरेको जनाएको छ ।
२३ वर्षीय विंगर सन् २०१७ मा टर्किस क्लब इस्तानबुलबाट रोमा आएका थिए ।
रोमामा उनले पहिलो सिजन २६ सिरी ए खेलमा ७ गोल गरेका थिए ।
गत सिजन भने १८ लिग खेलमा ३ गोल गरेका थिए ।
१९ वर्षको उमेरमा राष्ट्रिय टिममा डेब्यु गरेका उनले टर्कीका लागि २१ खेलमा ६ गोल गरेका छन् ।













-1766108754902.webp&w=3840&q=75)