एजेन्सी । प्रिमियर लिग क्लब लिभरपुलले पोर्चुगिज फरवार्ड डिएगो जोटालाई अनुबन्धित गरेको छ ।
प्रिमियर लिग च्याम्पियन लिभरपुलले उल्भ्सबाट जोटालाई अनुबन्ध गरेको हो ।
२३ वर्षीय फरवार्डले लिभरपुलसँग पाँच वर्षको सम्झौता गरेका छन् ।
उल्भ्समा दुई सिजन बिताएर जोटा लिभरपुल आएका हुन् ।
उनी सन् २०१८ मा एट्लेटिको मड्रिडबाट उल्भ्स आएका थिए ।
उल्भ्समा स्थायी अनुबन्धित हुनु अघि एक सिजन उनले लोनमा खेलेका थिए ।
उल्भ्सका लागि जोटाले १ सय ४१ खेलमा ४४ गोल गरेका थिए ।
गत सिजन उनले ३४ प्रिमियर लिग खेलमा ७ गोल गरेका थिए ।
जोटाले लिभरपुलमा २० नम्बरको जर्सी लगाउने छन् ।
जोटाले पोर्चुगलका लागि ४ खेल खेलिसकेका छन् ।