एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाइटेडले पहिलो जित दर्ता गरेको छ ।
शनिबार राति भएको खेलमा फुलहमलाई ४-३ गोल अन्तरले पराजित गर्दै लिड्सले पहिलो जित दर्ता गरेको हो ।
घरेलु मैदानमा लिड्सलाई जित दिलाउन हेल्डर कोस्टाले दुई गोल गरे । माटिउज क्लीच र प्याट्रिक बामफोर्डले एक एक गोल गरे ।
फुलहमका एलेक्सान्डर मिट्रोभिचले दुई गोल गर्दा बोबी रेइडले एक गोल गरे ।

पाँचौ मिनेटमा कोस्टाले गोल गर्दै लिड्सलाई अग्रता दिलाए । ३४ औं मिनेटमा मिट्रोभिचले पेनाल्टीमा गोल गर्दै फुलहमलाई १-१ गोलको बराबरीमा फर्काए ।
खेलको ४१ औं मिनेटमा क्लीचले गोल गर्दै लिड्सलाई २-१ को अग्रता दिलाए ।
५० औं मिनेटमा बामफोर्डले गोल गर्दै लिड्सलाई ३-१ को अग्रता दिलाए । ५७ औं मिनेटमा कोस्टाले व्यक्तिगत दोस्रो गोल गर्दै लिड्सलाई ४-१ को अग्रता दिलाए ।
खेलको ९२ औं मिनेटमा बीबीले गोल गर्दै फुलहमलाई ४-२ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ६७ औं मिनेटमा मिट्रोभिचले व्यक्तिगत दोस्रो गोल गरेपनि फुलहम ४-३ ले पराजित भयो ।
जितसँगै लिड्सले २ खेलमा ३ अंक जोडेको छ । यसै सिजन प्रिमियर लिगमा बढुवा भएको लिड्स तालिकाको नवौं स्थानमा रहेको छ ।
पहिलो खेलमा लिड्स लिभरपुलसँग ४-३ गोल अन्तरले पराजित भएको थियो ।
यसै सिजन प्रिमियर लिगमा बढुवा भएको फुलहमको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा फुलहम आर्सनलसँग ३-० ले पराजित भएको थियो ।