लियोनका ट्राओरे भिल्लामा अनुबन्धित
शनिबार, असोज ३, २०७७खेलपाटी संवाददाता

एजेन्सी । प्रिमियर लिग क्लब एस्टन भिल्लाले फरवार्ड बर्टरान्ड ट्राओरेलाई अनुबन्धित गरेको छ ।
एस्टनले ट्राओरेलाई फ्रेन्च क्लब लियोनबाट अनुबन्ध गरेको हो ।
२५ वर्षीय फरवार्डले एस्टनसँग चार वर्षको सम्झौता गरेका छन् ।
एस्टनले ट्राओरेलाई करिब १७ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।
गत सिजन ट्राओरेले लियोनका लागि ३२ खेलमा ४ गोल गरेका थिए ।
ट्राओरे सन् २०१७ मा चेल्सीबाट लियोन गएका थिए ।
तीन सिजन लियोनमा रहदा ट्राओरेले १ सय २६ खेलमा ३३ गोल गरेका छन् ।











-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)