एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा आज (शनिबार) विभिन्न ६ खेलहरु हुँदैछ ।
बुन्डेसलिगा फुटबलमा शनिबार बोरुसिया डर्टमण्ड, आइनट्राख्ट फ्रान्कफुर्ट,होफेनहाइम, हेर्था बर्लिन, बोरुसिया मुन्छेनग्लाडबाख लगायतका टिमले प्रतिस्पर्धा गर्ने छन् ।
साविकको उपविजेता डर्टमण्डले घरेलु मैदानमा बोरुसिया मुन्छेनग्लाडबाखसँग प्रतिस्पर्धा गर्नेछ । दुई टिमबीचको खेल राति १०:१५ बजे सुरु हुनेछ ।
डर्टमण्ड घरेलु मैदानमा जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रने छ । मुन्छेनग्लाडबाख पनि डर्टमण्डलाई हराएर सुखद सुरुवात गर्न चाहन्छ ।
यस्तै आइनट्राख्ट फ्रान्कफुर्टले अर्मिनियासँग खेल्दै सिजनको सुरुवात गर्नेछ ।
होफेनहाइमले एफसी कोएल्नसँग खेल्दा युनियन बर्लिनले आउग्सबर्गसँग खेल्नेछ ।
अन्य खेलमा स्टुटगार्डले फ्रेईबर्ग र भेरडाआ ब्रेमेनले हेर्था बर्लिनसँग खेल्नेछ ।