एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज (शनिबार) तीन खेल हुँदैछ ।
ला लिगा अन्तर्गत शनिबार भिल्ला रियल, गेटाफे, सेल्टा भिगो, भ्यालेन्सिया लगायतका क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
भिल्ला रियलले घरेलु मैदानमा आइबारसँग खेल्नेछ । भिल्ला र आइबार दुबै टिम पहिलो जितको खोजीमा हुनेछन् ।
यस अघिको खेलमा भिल्लाले हुएस्कासँग १-१ को बराबरी खेलेको थियो । आइबरले सेल्टा भिगोसँग गोलरहित बराबरी खेलेको थियो ।
यस्तै गेटाफेले ओसासुनासँग घरेलु मैदानमा खेल्नेछ ।
गेटाफे सिजनको पहिलो खेलमा जित निकाल्ने लक्ष्यमा हुनेछ ।
ओसासुना लगातार दोस्रो जित निकाल्न चाहन्छ । ओसासुनाले पहिलो खेलमा क्याडीजलाई २-० ले हराएको थियो ।
सेल्टाले घरेलु मैदानमा भ्यालेन्सियासँग खेल्नेछ ।
सेल्टा घरेलु मैदानमा भ्यालेन्सियालाई हराएर सिजनको पहिलो जित निकाल्न चाहन्छ । पहिलो खेलमा आइबरले सेल्टा भिगोसँग गोलरहित बराबरी खेलेको थियो ।
भ्यालेन्सिया भने लगातार दोस्रो जितको खोजीमा हुनेछ । लिगको शीर्ष स्थानमा रहेको भ्यालेन्सियाले पहिलो खेलमा लेभान्टेलाई ४-२ ले हराएको थियो ।