एजेन्सी । इटालियन क्लब युभेन्ट्सका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले 'आईएफएफएचएस इन्टरनेसनल टप गोल स्कोरर' अवार्ड जितेका छन् ।
सन् २०१९ मा अन्तराष्ट्रिय फुटबलमा सर्वाधिक गोल कर्ता बन्दै रोनाल्डोले यस अवार्ड जितेका हुन् ।
रोनाल्डोले २०१९ मा १० अन्तराष्ट्रिय खेलमा १९ गोल गरेका थिए । जुन नया खेलाडीको भन्दा सर्वाधिक हो ।
पाँच पटकको बालोन डी ओर विजेता रोनाल्डोले हालै पोर्चुगलका लागि १०० अन्तराष्ट्रिय गोल पुरा गरेका थिए ।
रोनाल्डोले पोर्चुगलका लागि १०२ गोल गरिसकेका छन् ।
३५ वर्षीय रोनाल्डोले पाँचौ पटक यस अवार्ड जितेका हुन् ।