एजेन्सी । इटालियन सिरी 'ए' फुटबलको नयाँ सिजन आज (शनिबार) बाट सुरु हुँदैछ ।
नयाँ सिजनको पहिलो दिन शनिबार दुई खेल हुनेछ ।
सिजनको पहिलो खेलमा फियोरेन्टिना र टोरिनो भिड्ने छन् ।
फियोरेन्टिनाको मैदानमा हुने खेल नेपाली समय अनुसार ९:४५ बजे सुरु हुनेछ ।
दुबै टिम जित निकाल्दै सिजनको सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछन् ।
यस्तै अर्को खेलमा हेलास भेरोनाले रोमासँग खेल्नेछ ।
भेरोनाको मैदानमा हुने खेल नेपाली समय अनुसार १२:३० मा सुरु हुनेछ ।
साविक विजेता युभेन्ट्सले भने आइतबार खेल्नेछ ।
युभेन्ट्सले साम्पडोरियासँग घरेलु मैदानमा खेल्दै सिजनको सुरुवात गर्नेछ ।