एजेन्सी । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली एकदिवसीय क्रिकेटको ब्याट्सम्यानतर्फ शीर्ष स्थानमा यथावत रहन सफल भएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको एकदिवसीय ब्याट्सम्यानको नयाँ वरीयतामा कोहली शीर्ष स्थानमा यथावत रहेका हुन् ।
नयाँ वरीयतामा कोहलीले ८७१ रेटिङ अंक प्राप्त गरेका छन् । वरीयताको दोस्रो स्थानमा भारतकै रोहित शर्मा रहेका छन् ।
यस्तै पाकिस्तानका बाबर आजम तेस्रो, न्युजिल्याण्डका रोस टेलर चौंथो र दक्षिण अफ्रीकाका फाप डु प्लेसिस पाँचौ स्थानमा रहेका छन् ।
बलिङतर्फ न्युजिल्याण्डका ट्रेन्ट बोल्ट ७ सय २२ रेटिङ अंकसहित शीर्ष स्थानमा रहेका छन् । यस्तै भारतका जस्प्रित बुम्राह दोस्रो, अफगानिस्तानका मुजिब उर् रहमान तेस्रो, इंग्ल्यान्डका क्रिस वोक्स चौंथो र दक्षिण अफ्रिकाका कागीसो राबडा पाँचौ स्थानमा रहेका छन् ।
अलराउन्डरतर्फ अफगानिस्तानका मोहमद नाबी शीर्ष स्थानमा रहदा इंग्ल्यान्डका क्रिस वोक्स दोस्रो स्थानमा उक्लिएका छन् ।
यस्तै पाकिस्तानका इमाद वासिम तेस्रो, इंग्ल्यान्डका बेन स्टोक्स चौंथो र न्युजिल्याण्डका कोलिन डी ग्रान्डहोमी पाचौं स्थानमा रहेका छन् ।