शनिबार, कार्तिक १६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

आईपीएल : सन्दीपलाई यो सिजन कठिन

बुधबार, भदौ ३१, २०७७खेलपाटी संवाददाता
आईपीएल : सन्दीपलाई यो सिजन कठिन
Classic Tech Internet Ad

काठमाडौं । लेग स्पिनर सन्दीप लामिछानेलाई नेपाली क्रिकेटको ग्लोबल आइकन बनाउने काम भारतको फ्रेन्चाइज क्रिकेट लिग इण्डियन प्रिमियर लिग (आईपीएल) ले गर्यो ।

सन् २०१८ को संस्करणमा दिल्ली क्यापिटल्स (डियरडेभिल्स) ले सन्दीपलाई अक्सनबाट न्युनतम मूल्यमा अनुबन्धित गरेको थियो ।

जतिबेला एसोसियट राष्ट्रबाट आईपीएलमा छनोट हुने सन्दीप तेस्रो खेलाडी थिए । त्यसअघि नेदरल्यान्ड्सका रायन टेन डोस्काटे र युएईका चिराग सुरीले मात्र आईपीएल टिममा अनुबन्धको मौका पाएका थिए ।

टेष्ट राष्ट्रका स्टार खेलाडीले भरिएको टिममा छनोट हुनु एसोसियट राष्ट्रका खेलाडीका लागि सामान्य थिएँन । तर, नेपालका सन्दीपले मौका पाए । अन्य कुनैपनि टी-ट्वान्टी प्रतियोगिता नखेलेका सन्दीप आईपीएलमा छनोट हुनु सामान्य थिएन ।

पहिलो सिजनमा नै डेब्युको मौका पाएका सन्दीपले ३ खेलमा नै आफ्नो क्षमता देखाए । विश्वको ध्यान आफुमा केन्द्रित गराउन सफल भए ।

डेब्यु सिजन ३ खेलमा ५ विकेट लिएर सन्दीपले आफ्नो परिचय विश्व क्रिकेटमा दिए ।

आईपीएल लगत्तै सन्दीपले वेष्ट इण्डिजविरुद्ध भएको च्यारिटी खेलका लागि विश्व-११ टिममा स्थान बनाए । सन्दीपले आफ्नो राष्ट्रबाट भन्दा पहिले विश्व-११ टिमबाट टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरे ।

त्यसयता सन्दीप वेष्ट इण्डिजको क्यारेबियन प्रिमियर लिग, अष्ट्रेलियाको बिग बास, पाकिस्तान सुपर लिग, अफगान प्रिमियर लिग, टी–१०, ग्लोबल टी–२० लिग र बंगलादेश प्रिमियर लिगमा सहभागिता जनाउदै आएका छन् ।

विश्व क्रिकेटमा पछिल्लो समय सन्दीप नेपालको प्रतिनिधि नै बनेका छन् । सायद अब सन्दीप बिना ति सबै फ्रेन्चाइज नेपालीको लागि अधुरो लाग्न सक्छ ।

सन्दीप यतिबेला आफ्नो अन्तराष्ट्रिय क्रिकेटको पहिलो स्टेसन आईपीएलकै लागि युएईमा रहेका छन् ।

सन्दीप लगातार तेस्रो वर्ष आईपीएल खेल्न युएई पुगेका हुन् । कोरोनाको महामारीको कारण भारतमा आयोजनाको सम्भावना नभएपछि १३ औं संस्करणको आईपीएल युएईमा हुन लागेको हो ।

यहिँ शनिबारबाट सुरु हुने प्रतियोगितामा सन्दीपको टिम दिल्लीको पहिलो खेल भने दोस्रो दिन हुनेछ ।

आगामी आइतबार दिल्लीले किङ्स इलाभेन पन्जाबविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

तर, सन्दीपले पहिलो खेल खेल्ने सम्भावना छैन । किनकि सीपीएल खेलेर युएई पुगेका सन्दीप क्वारेन्टिनमा रहेका छन् ।

यस्तै बाँकी खेलको लागि समेत सन्दीपले यस पटक कडा मेहनत गर्नु पर्ने देखिएको छ ।

दिल्लीको टिम अनुसार सन्दीपले यस सिजन धेरै खेलमा बेञ्चमा बस्नु पर्ने देखिन्छ । कारण, दिल्लीमा रहेका तीन भेट्रान स्पिनर ।

प्लेइङ सेटमा स्थान बनाउन सन्दीपले पहिलो सिजनबाटै स्पिनर अमित मिश्रासँग प्रतिस्पर्धा गर्नु परेको थियो । दोस्रो सिजन मिश्रासँगै अक्षर पटेल थपिए । अहिले सन्दीपले भेट्रान रविचन्द्र अश्विनसँग समेत प्रतिस्पर्धा गर्नु पर्नेछ ।

दिल्लीमा यस पटक स्पिनरको कुनै कमी छैन । त्यसमा समेत आश्विन र पटेलले आवश्यकता अनुसार ब्याटिङ गर्न सक्छन् ।

त्यसैले सन्दीपले विश्व क्रिकेटमा छाड्दै आएको छापको प्रभाव यस पटक नदेखिन सक्छ । यद्दपी सीपीएलमा लयात्मक बलिङ गरेका सन्दीपले टिमको आवश्यकता पुरा गर्नेमा विश्वास गरिएको छ ।

डेब्यु वर्ष सन्दीपले ३ खेल खेल्दा दोस्रो वर्ष दिल्लीबाट ६ खेल खेल्ने मौका पाएका थिए ।

आईपीएलले १३ औँ संस्करणसम्म आईपुग्दा दिल्ली उपाधि नजिक समेत पुग्न सकेको छैन । तर, यस पटक दिल्लीलाई उपाधिको दाबेदार मानिएको छ ।

क्रिकेट पण्डितहरु दिल्लीले उपाधि जिते आश्चर्य मान्नु नपर्ने बताउदै आएका छन् ।

क्रिकइन्फोले सार्वजनिक गरेको टिम प्रिभ्युमा भारतीय कमेन्टेटर आकाश चोपडाले दिल्लीले उपाधि जित्ने बताईसकेका छन् ।

पूर्व खेलाडी तथा दिल्लीका पूर्व कप्तान गौतम गम्भीर र डस्टिन सिल्गार्डोले समेत दिल्ली कम्तिमा प्लेअफ पुग्ने टिम रहेको बताएका छन् ।

यस्तै प्लेइङ सेटको चार विदेशी खेलाडीको रुपमा सन्दीपलाई समेट्ने क्रिकेट पण्डितहरु बताउछन् ।

क्रिकइन्फोले भने सन्दीपलाई प्लेइङ-११ बाहिर राखेका छन् ।

क्रिकइन्फो सम्भावित प्लेइङ-११ -

पृथ्वी श, शिखर धवन, मार्कस स्टोइनेस / एलेक्स केरी, श्रेयस आयर, ऋषब पन्त, सिम्रन हिट्मायर, अक्षर पटेल / अमित मिश्रा, किमो पाउल / ड्यानियल स्याम्स, रविचन्द्र आश्विन, इशान्त शर्मा / हर्षल पटेल

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

कीर्तिमान बनाउन २ रनले चुके रोहित

कीर्तिमान बनाउन २ रनले चुके रोहित

५ महिनापछि दीपेन्द्रले हाने अर्धशतक

५ महिनापछि दीपेन्द्रले हाने अर्धशतक

Bajaj Pulsar Motorcycle Ad
एरिका सम्मानित

एरिका सम्मानित

अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

कीर्तिमान बनाउन २ रनले चुके रोहित

कीर्तिमान बनाउन २ रनले चुके रोहित

५ महिनापछि दीपेन्द्रले हाने अर्धशतक

५ महिनापछि दीपेन्द्रले हाने अर्धशतक

एन्फा राजनीति : नातावाद मुख्य स्ट्राइकर, खेलाडी साइडलाइनमै

एन्फा राजनीति : नातावाद मुख्य स्ट्राइकर, खेलाडी साइडलाइनमै

नेपालगन्ज स्विमिङ : पहिलो दिन २६ स्वर्णको टुङ्गो

नेपालगन्ज स्विमिङ : पहिलो दिन २६ स्वर्णको टुङ्गो

एनकेएलले गर्यो जेन्जी आन्दोलनमा ध्वस्त ५ प्रहरी कार्यालय मर्मतसम्भार

एनकेएलले गर्यो जेन्जी आन्दोलनमा ध्वस्त ५ प्रहरी कार्यालय मर्मतसम्भार

 डु प्लेसिसले विराटनगरबाट खेल्ने

डु प्लेसिसले विराटनगरबाट खेल्ने