बर्लिनले अनुबन्ध गर्यो स्ट्राइकर कोर्डोबा
बुधबार, भदौ ३१, २०७७खेलपाटी संवाददाता

एजेन्सी । जर्मन क्लब हेर्था बर्लिनले कोलम्बियन स्ट्राइकर जोन कोर्डोबालाई अनुबन्ध गरेको छ ।
बर्लिनले २७ वर्षीय फरवार्डलाई बुन्डेसलिगा क्लब कोल्नबाट क्लबमा अनुबन्ध गरेको हो ।
कोर्डोबालाई बर्लिनले १४ मिलियन पाउण्डमा क्लब भित्र्याएको हो ।
कोर्डोबाले क्लबसँग लामो सम्झौता गरेको जनाएको छ ।
बर्लिनमा उनले १५ नम्बरको जर्सी लगाउने छन् ।
कोर्डोबा कोल्नमा तीन सिजन बिताएर बर्लिन आएका हुन् ।
गत सिजन उनले २९ बुन्डेसलिगा खेलमा १३ गोल गरेका थिए ।







-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


