लाजियोमा कोसोभोका स्ट्राइकर मुरिकी
बुधबार, भदौ ३१, २०७७खेलपाटी संवाददाता

एजेन्सी । इटालियन क्लब लाजियोले स्ट्राइकर भेडाट मुरिकीलाई अनुबन्ध गरेको छ
कोसोभोका स्ट्राइकर मुरिकीलाई टर्किस क्लब फेनरबाचबाट लाजियोले अनुबन्ध गरेको हो ।
२६ वर्षीय मुरिकीले लाजियोसँग पाँच वर्षको सम्झौता गरेका छन् ।
लाजियोले करिब २० मिलियन युरोमा मुरिकीलाई अनुबन्ध गरेको हो ।
अब मुरिकीले लाजियोमा सिरी 'ए' मा गत सिजन सर्वाधिक गोलकर्ता रहेका सिरो इम्मोबाइलको जोडीको अग्रपंतिमा खेल्ने छन् ।
मुरिकीले गत सिजन टर्किस क्लबका लागि ३२ लिग खेलमा १५ गोल गरेका थिए ।







-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


