आईपीएल खेल्न युएई पुगे सन्दीप
मंगलबार, भदौ ३०, २०७७खेलपाटी संवाददाता

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी खेल्ने नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने युएई पुगेका छन् ।
दिल्ली क्यापिटल्सबाट आईपीएल खेलिरहेका सन्दीप सोमबार राति युएई पुगेका हुन् ।
दिल्लीले सन्दीप युएई आईपुगेको जनाएको छ । वेस्ट इन्डिजको क्यारिबियन प्रिमियर लिग (सीपीएल) खेलेर सन्दीप युएई पुगेका हुन् ।
सीपीएलमा सन्दीपले ११ खेलमा कुल १२ विकेट लिएका थिए ।
युएई पुगेपछि सन्दीप क्वारेन्टिन बसेका छन् । सन्दीपले सामाजिक संजालमा आफु क्वारेन्टिनमा बसेको बताएका छन् ।
१३ औं आईपीएल सेप्टेम्बर १९ बाट सुरु हुँदैछ । कोरोना माहामारीको कारण भारतमा संभव नभएपछि आईपीएल युएईमा आयोजना गर्न लागिएको हो ।
दिल्लीले किङ्स इलाभेन पन्जाबसँग सेप्टेम्बर २० मा पहिलो खेल खेल्नेछ । जुन खेल सन्दीपले गुमाउने सम्भावना रहेको छ ।









-1762161953662.webp&w=3840&q=75)
-1762154705887.png&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)

