ललितको थप उपचार ग्राण्डी अस्पतालमा

काठमाडौं । सडक दुर्घटनामा परि घाईते भएका राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित सिंह भण्डारीको थप उपचार काठमाडौंको ग्राण्डी अस्पतालमा हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले ललितको थप उपचार ग्राण्डी अस्पतालमा हुने जनाएको छ ।
क्यानका अध्यक्ष चतुर बहादुर चन्दले क्यानको फेसबुक पेजमा एक विज्ञप्ति निकाल्दै नेपागञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत ललितलाई सोमबारनै काठमाडौं ल्याएर ग्राण्डी अस्पतालबाट थप उपचार गरिने बताएका छन् ।
आईतबार राति धनगढीबाट महेन्द्रमगर जादै गरेको ट्रकको ठक्करबाट ललित सवार मोटर साईकल दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परेपछि उनलाई धनगढीको निसर्ग हस्पिटलमा राखेर उपचार गरिएको थियो । त्यहाँका चिकित्सकले थप उपचारका लागि ललितलाई नेपागञ्ज मेडिकल कलेज कोहलपुरमा रिफर गरेका थिए ।
क्यानले ललितको अवस्था सुधारोन्मुख रहेको समेत जनाएको छ । हात र खुट्टामा गम्भिर चोट लागेकाले शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका छन् ।
चोटकै कारण ललित पछिल्लो समय राष्ट्रिय टिमबाट बाहिर रहदै आएका थिए । विभागीय टिम पुलिसमा आबद्ध ललितले घरेलु क्रिकेटका विभिन्न फ्रेन्चाईज प्रतियोगिता खेलिरहेका थिए ।









-1762161953662.webp&w=3840&q=75)
-1762154705887.png&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)

