काठमाडौं । सडक दुर्घटनामा परि घाईते भएका राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित सिंह भण्डारीको अवस्था सुधारोन्मुख देखिएको छ ।
आईतबार राति धनगढीबाट महेन्द्रमगर जादै गरेको ट्रकको ठक्करबाट ललित सवार मोटर साईकल दुर्घटनामा परेको थियो ।
उनलाई धनगढीको निसर्ग हस्पिटलमा राखेर उपचार गरिएको थियो । त्यहाँका चिकित्सकले थप उपचारका लागि ललितलाई नेपागञ्ज मेडिकल कलेज कोहलपुरमा रिफर गरेका थिए ।
उपचारमा संलग्न चिकित्सकले प्रराम्भिक रुपमा ललितको अवस्था चिन्ताजनक देखिएको बताएका थिए ।
पारिवारिक स्रोतका अनुसार ललितको अवस्था सुधारोन्मुख छ । हात र खुट्टामा गम्भिर चोट लागेकाले शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका छन् ।
‘चिकित्सकले दुवै हात र खुट्टामा शल्यक्रिया गर्नुपर्छ भन्नु भएको छ । शल्यक्रिया गर्ने समय टुङ्गो लागेको छैन ।’ पारिवारिक स्रोतले सोमबार मध्यान्न खेलपाटीसंग भन्यो ।
उनलाई अहिले नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा राखेप उपचार भईरहेको छ ।
चोटकै कारण ललित पछिल्लो समय राष्ट्रिय टिमबाट बाहिर रहदै आएका थिए । विभागीय टिम पुलिसमा आबद्ध ललितले घरेलु क्रिकेटका विभिन्न फ्रेन्चाईज प्रतियोगिता खेलिरहेका थिए ।