युएईका क्रिकेटर अमिर र अस्फाक निलम्बित
आइतबार, भदौ २८, २०७७खेलपाटी संवाददाता
एजेन्सी । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले युएईका दुई क्रिकेट खेलाडीलाई अस्थायी निलम्बन गरेको छ ।
आईसीसीले एन्टी करप्सन नियम उलंघन गरेको भन्दै अमिर हायात र अस्फाक अहमेदलाई अस्थायी निलम्बन गरेको हो ।
आईसीसीले तत्कालबाट लागु हुने गरी दुबै खेलाडीलाई निलम्बन गरीएको जनाएको छ ।
दुबै खेलाडीलाई आईसीसीले १४ दिन भित्र प्रतिक्रिया दिन समेत निर्देशन दिएको छ ।
यस अघि इमिरेट्स क्रिकेट बोर्डले अस्फागलाई टी-ट्वान्टी विश्वकप छनोटको दौरान गत अक्टोबरमा निलम्बन गरेको थियो ।









-1762161953662.webp&w=3840&q=75)
-1762154705887.png&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)

