इंग्ल्यान्डलाई सिरिजमा फर्कने अवसर

एजेन्सी । घरेलु टिम इंग्ल्यान्ड र अष्ट्रेलियाबीचको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय आज (आइतबार) हुँदैछ ।
म्यानचेस्टरमा हुने दोस्रो एकदिवसीय नेपाली समय अनुसार साँझ ५:४५ बजे सुरु हुनेछ ।
ओल्ड ट्राफोर्डमा दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
पहिलो खेल गुमाएको कारण इंग्ल्यान्डलाई सिरिज जोगाउन दोस्रो खेल जित्नै पर्ने दबाब रहेको छ ।
तीन खेलको सिरिज अन्तर्गत पहिलो खेलमा अष्ट्रेलियाले १९ रनको जित निकालेको थियो ।
त्यसैले दोस्रो खेलमा अष्ट्रेलियाविरुद्ध सम्हालिएर खेल्नेछ ।
अष्ट्रेलिया भने दोस्रो खेल जित्दै सिरिज एक खेल अगाबै जित चाहन्छ ।
सिरिजमा १-० ले अघि रहेको अष्ट्रेलियाले दोस्रो खेल जिते सिरिज आफ्नो बनाउने छ ।
तर, इंग्ल्यान्डले सन् २०१५ पछि घरेलु मैदानमा एकदिवसीय सिरिज गुमाएको छैन ।
इंग्ल्यान्डले अष्ट्रेलियाविरुद्धको टी-ट्वान्टी सिरिज समेत २-१ ले जितिसकेको छ ।
तीन खेलको सिरिज अन्तर्गत दुई टिमबीचको तेस्रो तथा अन्तिम खेल बुधबार हुनेछ ।









-1762161953662.webp&w=3840&q=75)
-1762154705887.png&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)

