• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
मुख्य प्रशिक्षक बन्न ३ जनाको मात्र योग्यता पुग्ने
विश्वास थापा
बुधबार, भदौ २४, २०७७ विश्वास थापा
मुख्य प्रशिक्षक बन्न ३ जनाको मात्र योग्यता पुग्ने

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले भदौ १८ गते विज्ञापन गर्दै मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गर्यो । क्यानले २१ दिनको म्याद राखेर गरेको खुल्ला दर्खास्त आह्वान गरेकाे पहिलो पटक हो ।

यसअघि मुख्य प्रशिक्षक आपसी सहमतीका आधारमा नियुक्त हुँदै आएका थिए ।

दरखास्त आह्वान गर्दा क्यानले मुख्य प्रशिक्षकसंगै विभिन्न प्राविधिक कर्मचारीहरु महाप्रबन्धक, वित्तीय प्रबन्धक, व्यवस्थापक तथा प्रदेश प्रशिक्षकका लागि दर्खास्त आह्वान गरेको छ ।

विज्ञापनमा सबै पदका लागि क्यानले आवश्यक पर्ने योग्यता र मापदण्ड समेत तोकेको छ । जसमा मुख्य प्रशिक्षकको लागि लेबल ३ को प्रशिक्षक बताइएको छ ।

विज्ञापन अनुसार इंग्ल्यान्ड क्रिकेट बोर्ड वा क्रिकेट अष्ट्रेलियाबाट लेभल ३ का प्रशिक्षक, आईसीसी पूर्ण सदस्य वा फस्ट क्लास क्रिकेट टिम वा एसोसियट राष्ट्र वा अन्तराष्ट्रिय लिगमा तीन वर्ष प्रशिक्षकको भूमिका निभाएका, क्रिकेटका जानकार तथा क्रिकेट संस्कृती बुझेका र ६० वर्ष ननाघेका पुरुषले मुख्य प्रशिक्षकको आवेदन दिन सक्ने बताईएको छ ।

मुख्य प्रशिक्षकको लागि क्यानले स्वदेशी तथा विदेशी नागरिकले आवेदन दिन सक्ने ब्यवस्था गरेको छ । अन्य प्राविधिक कर्मचारीको पदमा भने नेपाली नागरिक हुनु पर्ने बताएको छ ।

अन्य व्यवस्थापकीय पदमा नेपाली नागरिकनै अनिवार्य गरिएको छ । तर मुख्य प्रशिक्षकमा नेपाली प्रशिक्षकको आवेदन गर्ने सम्भावना निकै कम छ ।

नेपालमा लेभल ३ प्रशिक्षक कोर्स गरेका मात्र ३ जना रहेका छन् ।

हालसम्म नेपालबाट ६ जनाले मात्र लेभल ३ प्रशिक्षकको कोर्स गरेका छन् । तर ३ जनाको मात्र लेभल ३ सर्टिफिकेट रहेको छ । क्यानको मापदण्ड पुरा गर्ने र मुख्य प्रशिक्षकका लागि आवेदन दिन सक्ने तीन जनामात्र रहेका छन् ।

नेपालबाट जगत टमटा, बिनोद दास, राजु बस्नेत, दिपेन्द्र चौधरी, महेश रिजाल र नबिन सिंहले लेभल ३ को कोर्स गरेका छन् । जगत टमटा, बिनोद दास र राजु बस्नेतसंग मात्र लेभल ३ कोर्स पुरा गरेको सर्टिफिकेट (एक्रिडिटेसन) रहेको छ ।

दिपेन्द्र चौधरीले लेभल ३ कोर्स पास गरेको मेल पाए पनि सर्टिफिकेट (एक्रिडिटेसन) आउन बाँकी छ । यस्तै, लेभल ३ कोर्स बढेका महेश रिजाल र नबिन सिंहले पढाई पुरा गरेका छैनन् ।

सर्टिफिकेट (एक्रिडिटेसन) नहुनु भनेको कक्षामा पढेको तर सर्टिफिकेट नपाएको जस्तै हो । त्यसैले ३ जना नेपालीले मात्र क्रिकेट प्रशिक्षकमा निवेदन दिन सक्नेछन् ।

क्यानले निर्धारण गरेको मापदण्ड पुगेका तीनै जना प्रशिक्षकले दरखास्त दिने मनसाय बनाएका छैनन् ।

१० विकेटले किन हार्यो नेपाल ? - Khelpati

'मुख्य प्रशिक्षकको लागि दर्खास्त हाल्ने भनेर अहिलेसम्म सोचेको छैन ।’ नेपाल क्रिकेट टिमको पूर्व प्रशिक्षक जगत टमटाले खेलापाटीसंग भने, ’अहिले परिषद (राखेप) मा आबद्द छु, त्यसैले यो पटक मुख्य प्रशिक्षकको आवेदन नदिन सक्छु । समय बाँकी छ, सबैसंग सल्लाह गर्नु पर्ला ।’

लामो समयदेखि नेपालको सिनियर पुरुष तथा महिला क्रिकेटको प्रशिक्षकको भूमिका निर्वाह गरेका टमाटा राखेपमा आबद्ध छन् । उनी नेपाल क्रिकेट प्रशिक्षक संघको अध्यक्ष समेत हुन् ।

यस्तै, लेभल ३ कोर्स पुरा गरेका पूर्व खेलाडी तथा यू–१९ क्रिकेट टिमका प्रशिक्षक बिनोद दासले समेत मुख्य प्रशिक्षकमा चासो देखाएनन् । तर उनले घुमाउरो पारामा व्यवस्थापन पदमा आवेदन दिने तयारीमा रहेको बताए ।

दासले क्रिकेट म्यानेजर तथा जेनेरल म्यानेजरमा आवेदन दिने तयारीमा रहेको छन् ।

'कुनै न कुनै पदमा त आवेदन दिनेनै छु ।’ पूर्व कप्तान तथा यू–१९ टिमको प्रशिक्षक दासले भने, ’यो मेरो लागि व्यवसायीक रुपमा काम गर्ने अवसर हो । काम र योग्यता हेरेर आवेदन दिन्छु ।’

यस्तै, पूर्व खेलाडी राजु बस्नेतले समेत मुख्य प्रशिक्षकमा आवेदन दिने बिषयमा निर्णय नगरेको बताएका छन् ।

'अहिलेसम्म आवेदन दिन्छु भनेर सोचेको छैन । विचार गर्दै छु ।’ महिला क्रिकेट टिमको मुख्य प्रशिक्षक समेत रहि सकेका बस्नेतले भने, ’हेरौं के हुन्छ, सबैसंग एक पटक सल्लाह गर्नु पर्ला ।’

मुख्य प्रशिक्षकमा नेपालबाट आवेदन पर्ने सम्भावना कम रहेपनि विदेशीबाट राम्रो प्रतिस्पर्धा हुने सबैको विश्वास छ ।

नेपालले विश्व क्रिकेटमा छोटो समयमा राम्रो छाप छोडेको कारण विदेशी प्रशिक्षक नेपाली क्रिकेटसंग जोडिन आतुर रहेको क्रिकेट सरोकारवालाको बुझाई छ ।

नेपाल क्रिकेटले ठुलो चुनौतीमा बाबजुद विश्व क्रिकेटमा छलाङ मार्नुको कारण विदेशी प्रशिक्षक इच्छुक रहने बस्नेत बताउँछन् ।

'मुख्य प्रशिक्षकमा विश्वभरबाट आवेदन आउँछ, प्रतिस्पर्धा राम्रो हुन्छ । नेपालको लागि विदेशी प्रशिक्षकहरु इच्छुक छन् ।’ बस्नेतले थपे, ’मुख्य कुरा क्यानले कति तिर्न सक्छ भन्नेमा भर पर्छ । आवेदन धेरै नै आउने आशा छ, तर धेरै कुरा क्यानको क्षमतामा भर पर्छ ।’

नेपालको राष्ट्रिय क्रिकेट टिम लामो समयदेखि मुख्य प्रशिक्षक विहिन छ । क्यानले झण्डै ७ महिनादेखि मुख्य प्रशिक्षकको खोजी गर्दै आएको छ ।

क्यानले यसअघि भारतीय मुलका प्रशिक्षक लालचन्द राजपुत राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बनाउने तयारी गरेको थियो । तर अन्तिम समयमा लालचन्दले धोको दिएको भन्दै क्यानले खुल्ला दर्खास्त आह्वान गरेर प्रशिक्षक छनोट गर्ने निर्णय लिएको थियो ।

गत फेब्रुअरीमा भएको विश्व क्रिकेट लिग अन्तर्गतको घरेलु सिरिज लगत्तै नेपाली टिम मुख्य प्रशिक्षक विहिन छ । तत्कालिन प्रशिक्षक उमेस पटवालले समय अवधि नसकिंदै राजीनामा दिएर स्वदेश फर्किएसंगै नेपालको राष्ट्रिय पुरुष टिम मुख्य प्रशिक्षक विहिन रहदै आएको छ ।

 

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
बहराइनमाथि नेपालको सानदार जित
बहराइनमाथि नेपालको सानदार जित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
चेल्सीको ऐतिहासिक कीर्तिमान
चेल्सीको ऐतिहासिक कीर्तिमान
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP