• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
क्रिकेट व्यवस्थापकको मापदण्ड : अनुभव र डिग्री अनिवार्य
विश्वास थापा
सोमबार, भदौ २२, २०७७ विश्वास थापा
क्रिकेट व्यवस्थापकको मापदण्ड : अनुभव र डिग्री अनिवार्य

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षकको लागि पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट प्रशिक्षक छनोट गर्ने भन्दै बिहिबार विज्ञापन जारी गर्यो ।

क्यानले विज्ञापन निकाल्दै मुख्य प्रशिक्षकसहित महाप्रबन्धक, वित्तीय प्रबन्धक, व्यवस्थापक तथा प्रदेश प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको हो ।

क्यानले खुल्ला प्रतिस्पर्धाबाट प्रशिक्षण लगायत विभिन्न पदका कर्मचारी छनोट गर्ने निर्णयको क्रिकेट सम्बन्धि सरोकारवालाले स्वागत गरेका छन् ।

खुल्ला रुपमा छनोटको मापदण्ड अपनाउदा स्वस्थ प्रतिस्पर्धा हुने र उत्कृष्ट योग्य व्यक्तिले पद प्राप्त गर्ने भन्दै सरोकारवालाले प्रशंसा ब्यक्त गरेका हुन् ।

यसअघि क्रिकेट टिमको प्रशिक्षकको नियुक्ति आन्तरिक सहमतीका आधारमा निर्धारण हुँदै आएको थियो ।

क्यानले २१ दिनको म्याद राखेर जारी गरेको विज्ञापनका विभिन्न पदमा मापदण्ड तोकेको छ । जुन क्रिकेटको हितमा देखिन्छ ।

मापदण्ड र शैक्षिक योग्यतामा कडाई भएको कारण मुख्य प्रशिक्षक बाहेक अन्य पदमा खासै प्रतिस्पर्धा नहुने क्रिकेटका जानकारहरु बताउँछन् ।

आईसीसीसंग समन्वय गर्दै खुल्ला गरिएको विज्ञापनमा बिकसित राष्ट्रको क्रिकेट संघको मापदण्ड देखिएको उनीहरुको बुझाई छ ।

माग गरिएको जेनेरल म्यानेजर र क्रिकेट म्यानेजरमा क्रिकेट अनुभव राम्रो भएको व्यक्ति आवश्यक पर्छ । विज्ञापनको मापदण्डमा समेत सो कुरा उल्लेख छ । तर नेपालमा खेल क्षेत्रसंगै शैक्षिक पाटोसंगै अघि बढाउने संस्कार नभएको कारण केही पदमा प्रतिस्पर्धामा कमि आउने जानकारहरु बताउँछन् ।

'आईसीसीसंगको समन्वयमा विज्ञापन खोलिएको भएर पदपूर्तिको लागि आवश्यक योग्यता र मापदण्ड बनाइएको हो । तर हाम्रो शैक्षिक परिवेश राम्रो नभएको कारण अलि गाह्रो हुन सक्छ,' पूर्व कप्तान तथा यू–१९ क्रिकेट टिमको प्रशिक्षक बिनोद दासले भने ।

'जेनेरल म्यानेजरको लागि शैक्षिक योग्यता र अनुभव परिपुरकनै हो । यस्तै क्रिकेट म्यानेजरमा समेत मास्टर्स डिग्री हुनु आवश्यक होला । तर नेपालीमा क्रिकेट अनुभबसंगै डिग्री लिनेको संख्या निकै कम छ । प्रतिस्पर्धामा यसले कमी ल्याउन सक्छ,' उनले थपे ।

विज्ञापन अनुसार मुख्य प्रशिक्षकमा नेपाली वा विदेशी प्रशिक्षकले आवेदन दिन सकिने बताईएको छ । तर अन्य ४ पदमा भने नेपाली नागरिक हुनु पर्ने उल्लेख छ ।

तर प्रतिस्पर्धामा कमी आएपनि योग्य र सक्षम व्यक्ति क्रिकेट संघमा आउनेमा प्रशिक्षक दास विश्वस्त देखिए ।

'उहाँहरुले खोज्नु भएको योग्यता राम्रो हो । त्यो चाहिन्छ । हुन सक्ला धेरैमा शैक्षिक योग्यतासंगै क्रिकेट अनुभब नभएकोले प्रतिस्पर्धा कम हुन सक्छ । तर जो आउँछ योग्य आउने पक्का देखिन्छ । क्रिकेट म्यानेजर हुन त पढाइ मात्रले भएन अब क्रिकेट बुझेको समेत हुनु पर्यो ।’ दासले भने ।

क्यानले माग गरेको पदमा अनुभब भन्दा शैक्षिक योग्यतामा बढी ध्यान दिईएको पूर्व खेलाडी राजु बस्नेतको बुझाई छ ।

'क्रिकेट म्यानेजर भनेको क्रिकेट बुझेको मान्छे हुनु पर्छ । मास्टर्स गरेको क्रिकेट म्यानेजर त सायदै हुन्छन्,’ महिला राष्ट्रिय टिमको प्रशिक्षकको रुपमा समेत काम गरेका बस्नेतले भने, 'क्रिकेटको अनुभब लिँदा नै उसको पढ्ने जीवन सकिन्छ । नेपाली क्रिकेट म्यानेजर खोज्ने अनि मास्टर्स पनि खोज्दा अलि गाह्रो नै पर्न सक्छ ।’

व्यवस्थापकीय पदमा शैक्षिक योग्यताको र क्रिकेट अनुभब खोज्दा अन्तराष्ट्रिय रुपमा विज्ञापन गर्नु राम्रो हुने बस्नेत बताउँछन् ।

'जेनेरल म्यानेजर र क्रिकेट म्यानेजरमा धेरै प्रतिस्पर्धा हुन्छ जस्तो मलाई लाग्दैन । नेपालमा क्रिकेट बुझेको (अनुभब लिएको) अनि मास्टर्स गरेको मान्छे कम छन् ।’ बस्नेत भन्छन्, 'जेनेरल म्यानेजरमा मास्टर्स ठिक हो तर अन्तराष्ट्रिय रुपमा खुल्ला गरिएको भए मात्र । नेपाली क्रिकेट अनुभब भएको अनि डिग्री सहितको योग्यता अलि कम छन् । स्पोर्ट्स म्यानेजमेन्टका विज्ञहरु नेपालमा सिमित छन् कि विदेशीका लागि ढोका खुल्ल गर्नुपर्दथ्यो ।’

यस्तै, बस्नेतले प्रदेश प्रशिक्षकमा लेबल २ कोर्स गरेको प्रशिक्षक माग्नु पर्ने बताए ।

क्यानले ७ प्रदेशमा प्रदेश प्रशिक्षकका लागि कम्तिमा लेबल १ कोर्स गरेको हुनु पर्ने बताएको छ ।

क्यानले माग गरेको ५ पद माध्य मुख्य प्रशिक्षक र प्रदेश प्रशिक्षकमा बाहेक सबै पदमा मास्टर डिग्री आवश्यक रहेको बताएको छ ।

क्रिकेटमा लाग्दा शैक्षिक पाटो कमजोर बनेका कारण खेलकुद बुझेको र शैक्षिक डिग्री भएका व्यक्ति कम देखिन्छन् । शैक्षिक योग्यता भएका व्यक्तिको संख्या कम हुँदा प्रतिस्पर्धा समेत कम हुने उनीहरुको भनाइ हो ।

शैक्षिक योग्यता र क्रिकेट अनुभब मध्य एक वैकल्पिक हुनु पर्ने पुर्व प्रशिक्षक जगत टमटा बताउँछन् ।

'क्रिकेट म्यानेजर लेबल दुई वा मास्टर्स डिग्री माग्नु पर्दथ्यो । नेपालमा धेरैको ब्याचलर हुन्छ । खेलमा लाग्दा पढाइमा मास्टर्स पुरा गर्न सक्दैनन्,’ राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक जगत टमटाले भने, ’धेरै ठाउँमा अनुभबकै आधारमा जेनेरल म्यानेजर र क्रिकेट म्यानेजर नियुक्त हुन्छन् । एकेडेमिक भन्दा उसको अनुभबमा केन्द्रित हुनु पर्ने हो । अन्य पदमा मास्टर्स अत्यावश्यक नै हो ।’

योग्यता र मापदण्डमा केही कमजोरी देखिएपनि क्यानले सुरुवात गरेको खुल्ला प्रतिस्पर्धाबाट सबै उत्साहित देखिएका छन् । क्यानको प्रयासलाई स्वागत गर्दै बस्नेतले अब नेपाली क्रिकेटले आधुनिक क्रिकेटको अभ्यास गर्नु पर्ने सुझाब दिए ।

'सुरुवात राम्रो छ । यसलाई हामी सबैले स्वागत गर्नु पर्छ । विस्तारै अब एउटा मात्र प्रशिक्षक नभएर सहयोगी प्रशिक्षक जस्तै फिल्डिङ प्रशिक्षक, बलिङ्ग प्रशिक्षक, ब्याटिङ प्रशिक्षक समेत ल्याउने तयारी गर्नु पर्छ,’ बस्नेतले थपे, 'परम्परागत क्रिकेट छाडेर अब आधुनिक क्रिकेटमा जानु पर्ने बेला आएको छ । बलिङभित्र स्पिन र फास्ट बलिङ प्रशिक्षक हुने क्रिकेट प्रतिस्पर्धामा अब नेपाल समेत जोडिनु पर्छ ।’

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
समूह चरणमा नेपपालको शतप्रतिशत जित
समूह चरणमा नेपपालको शतप्रतिशत जित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP