बिहिबार, १० पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

खेलाडीको खातामा तलब पठाउन सुरु

आइतबार, २१ भाद्र २०७७खेलपाटी संवाददाता
खेलाडीको खातामा तलब पठाउन सुरु
Classic Tech Internet Ad

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका खेलाडीलाई तलब पठाउन सुरु गरेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट रकम प्राप्त भएसँगै क्यानले एक वर्षबाट रोकिएको तलब खेलाडीको खातामा पठाउन थालेको हो ।

क्यानका कोषाध्यक्ष रोशन सिंहले आइतबारबाट खेलाडीको तलब उनीहरुको खातामा जम्मा गर्न थालिएको खेलपाटीलाई बताए ।

'खेलाडीको तलब पठाउने काम आजबाट सुरु भएको छ । खेलाडीको खातामा पठाउने भएकाले कप्तानलाई सबै खेलाडीको केवाईसी भर्न सुझाब दिनु भनेको छौं,' क्यानका कोषाध्यक्ष सिंहले भने, 'आज अफिसियल काम सकेर भोलीसम्म खेलाडीको खातामा चेक जम्मा हुन्छ ।'

क्यानले खेलाडीको बैंक खातामा तलब पठाउने भन्दै खेलाडीलाई आवश्यक अनुसार बैंकको केवाईसी फाराम भर्न समेत आग्रह गरेको छ ।

कुनै खातामा ६ महिना भन्दा बढी काम नभएको खण्डमा केवाईसी फारम भर्नुपर्छ । त्यसै अनुरूप क्यानले कप्तान ज्ञानेन्द्र मल्ललाई सबै खेलाडीलाई केवाईसी भर्नका लागि जानकारी गराउन निर्देशन दिएको हो ।

क्यानले आईतबार खेलाडीको सूचीमा मिलाएर, सबै कागजात मिलाउने लक्ष्य लिएको छ ।

'आज अफिसमा प्रक्रिया मिलाउन लाग्छ कम्तीमा दुई बज्छ । त्यसैले भोली सम्म खेलाडीले तलब पाउने छन्,' कोषाध्यक्ष सिंहले थपे ।

यस्तै खेलाडीले वर्गीकरण सम्झौता भन्दा मासिक १० हजार बढी रकम पाउने समेत सिंहले जानकारी गराए । क्यानको पहलमा खेलाडीको मासिक तलबमा १० हजार बढी पठाउन आईसीसी सहमत भएको थियो ।

राष्ट्रिय टिमका खेलाडीले तीन श्रेणी अनुसार तलब पाउने गरेका छन् । जसमा 'ए' श्रेणीको खेलाडीले ३५ हजार, 'बी' श्रेणीको खेलाडीले २५ हजार र 'सी' श्रेणीको खेलाडीले मासिक १५ हजार पाउँदै आएका थिए । अब खेलाडीले यो रकम भन्दा १० हजार बढी पाउने छन् ।

खेलाडीले अब एकमुष्ट एक वर्षको तलब पाउँदा 'ए' श्रेणीका खेलाडीले ५ लाख ४० हजार, 'बी' श्रेणीका खेलाडीले ४ लाख २० हजार र 'सी' श्रेणीका खेलाडीले ३ लाख रुपैयाँ पाउनेछन् ।

क्यानले २२ खेलाडीसहित टेक्निकल एनालिस्ट रमन शिवाकोटीलाई समेत तलब दिने जनाएको छ ।

खेलाडीको श्रेणी -

'ए' श्रेणी: पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी

'बी' श्रेणी: आरिफ शेख, बसन्त रेग्मी, अभिनाश बोहोरा, पवन सर्राफ, रोहित पौडेल, सन्दिप जोरा, सुसन भारी, ललित नारायण राजवंशी

'सी' श्रेणी: रसिद खान, इशान पाण्डे, राजु रिजाल, प्रदिप ऐरी, कुशल मल्ल, कुशल भुर्तेल

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

इन्डोनेसियाका बलरले लिए एकै ओभरमा ५ विकेट

इन्डोनेसियाका बलरले लिए एकै ओभरमा ५ विकेट

मुख्य प्रशिक्षक हर्षल भन्छन्–  महिला क्रिकेट टिम विश्वकपमा छनोट हुने सम्भावना छ

मुख्य प्रशिक्षक हर्षल भन्छन्– महिला क्रिकेट टिम विश्वकपमा छनोट हुने सम्भावना छ

 नेपालले टी–२० विश्वकप ग्लोबल छनोटमा पहिलो खेल थाइल्यान्डसँग खेल्ने

नेपालले टी–२० विश्वकप ग्लोबल छनोटमा पहिलो खेल थाइल्यान्डसँग खेल्ने

Bajaj Pulsar Motorcycle Ad
नवौं एनभीए  च्याम्पियनसिप : पहिलो दिन नै पुलिसका दुवै टोलीको खेल

नवौं एनभीए च्याम्पियनसिप : पहिलो दिन नै पुलिसका दुवै टोलीको खेल

डेलाप र एस्टेभाओको पुनरागमन

डेलाप र एस्टेभाओको पुनरागमन

मजर भन्छन्– रुकुमलाई उपाधि  जिताउने लक्ष्यसहित कोर्टमा उत्रिन्छौं

मजर भन्छन्– रुकुमलाई उपाधि जिताउने लक्ष्यसहित कोर्टमा उत्रिन्छौं

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

अञ्जिला आबद्ध सेथु इस्ट बंगालसँग पराजित

अञ्जिला आबद्ध सेथु इस्ट बंगालसँग पराजित

२०औं एसियाली खेलकुदमा  सहभागिता जनाउने निर्णय

२०औं एसियाली खेलकुदमा सहभागिता जनाउने निर्णय

 नवौं एनभीए कप खेल्न माजरसहित ३ खेलाडी आए नेपाल

नवौं एनभीए कप खेल्न माजरसहित ३ खेलाडी आए नेपाल

रियल छाडेर लियोन जाने भए एन्ड्रिक

रियल छाडेर लियोन जाने भए एन्ड्रिक