चेन्नईका स्पिनर सिंहले आईपीएल गुमाउने
शुक्रबार, भदौ १९, २०७७खेलपाटी संवाददाता

एजेन्सी । चेन्नई सुपर किङ्सका भेट्रान स्पिनर हरभजन सिंहले यस वर्षको आईपीएल गुमाउने भएका छन् ।
आईपीएल नजिकै गर्दा चेन्नईका भेट्रान बलर सिंहले आफु आईपीएलमा सहभागिता जनाउन नसक्ने बताएका छन् ।
४० वर्षीय स्पिनरले व्यक्तिगत कारण देखाएर टिमलाई आईपीएल खेल्न असमर्थ भएको जानकारी दिएको क्रिकइन्फोले जनाएको छ ।
आईपीएलका लागि चेन्नईको टिम दुबई पुगेपनि सिंह भने भारतमै रहेका थिए ।
यस वर्षको आईपीएल गुमाउने सिंह चेन्नईका दोस्रो खेलाडी हुन् । यस अघि सुरेश रैना टिमबाट बाहिरिसकेका छन् ।
चेन्नईले दुई खेलाडीको स्थानमा अन्य खेलाडीको घोषणा गरिसकेको छैन ।
कोरोना भाईरसको कारण आईपीएलको १३ औं संस्करण युएईमा आयोजना हुँदैछ । आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुने तालिका रहेको छ ।










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)
-1762302250964.webp&w=3840&q=75)

