एजेन्सी । प्रिमियर लिग क्लब लेष्टर सिटीले बेल्जियन डिफेन्डर टिमोथी कास्टाग्नेलाई अनुबन्ध गरेको छ ।
लेष्टरले इटालियन क्लब एटलान्टाबाट टिमोथीलाई क्लबमा अनुबन्ध गरेको हो ।
२४ वर्षीय डिफेन्डरले लेष्टरसँग पाँच वर्षको सम्झौता गरेका छन् ।
लेष्टरले टिमोथी अनुबन्ध को रकम भने खुलाएको छैन ।
बेन चिलवेलले क्लब छाडेपछि उनको स्थानमा लेष्टर टिमोथीलाई अनुबन्ध गरेको हो ।
टिमोथी सन् २०१७ मा जेन्कबाट एटलान्टा आएका थिए ।
एटलान्टाका लागि गत सिजन टिमोथीले ३५ खेल खेलेका थिए ।
टिमोथीले बेल्जियमबाट ७ खेल खेलिसकेका छन् ।