एजेन्सी । वेल्सले नेसन्स लिग फुटबलमा जित सहित सूरुवात गरेको छ ।
बिहिबार भएको खेलमा वेल्सले फिनल्याण्डलाई १–० ले हराएको हो ।
वेल्सको जितमा किफर मूरले खेलको ८० औं मिनेटमा विजयी गोल गरेका थिए । ड्यानियल जेम्सको पासमा मूरले गोल गर्दै वेल्सलाई महत्वपूर्ण तीन अंक दिलाएका थिए ।
सिनियर खेलाडीको अनुपस्थितीमा वेल्स युवा र अनुभव विहिन खेलाडी सहित फिनल्याण्डबिरुद्ध उत्रिएको थियो ।
चोटका कारण आरोन राम्सी र डेबिड ब्रुक्सले फिनल्याण्डबिरुद्धको खेल गुमाएका थिए ।
दोस्रो हाफमा फिनल्याण्डले खेलमा अग्रता लिने अवसर गुमाएको थियो । लियो वेसेनको भली प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो ।
रियल मड्रिडका ग्यारेथ बेलले दुई महिनापछि पहिलो पटक खेलको सुरुवात गरेका थिए । रियलका स्टार पछिल्लो समय प्रिमियर लिग फर्कन कोशिश गरिरहेका छन् । उनले पहिलो हाफमा मात्र खेल्ने अवसर पाएका थिए ।
समूह बीकै अर्को खेलमा रिपब्लिकन अफ आयरल्याण्ड र बुल्गेरियाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।