एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी)का थप तीन जना खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
लिग वानको नयाँ सिजनमा डेब्यु गर्नु अघि क्लबका थप तीन खेलाडीमा कोरोना देखिएको हो ।
गत बुधबार मात्र नेयमार सहित तीन खेलाडीमा कोरोना संक्रमण देखिएको थियो ।
गत सिजनको लिग वान च्याम्पियन पीएसजीका ६ खेलाडीमा कोरोना पुष्टि भएको छ ।
फ्रेन्च लिग च्याम्पियनले गत महिला च्याम्पियन्स लिग फुटबलको फाइनलमा बायर्न म्युनिखसंग १–० ले हारेको थियो । क्लबले संक्रमति ६ जनै खेलाडीको परिचय खुलाएको छैन ।
पीएसजीले सेप्टेम्बर १० मा रेसिङ लेन्ससंग खेल्दै लिगको सुरुवात गर्ने तालिका तय छ ।
‘कोरोना परिक्षणको क्रममा पीएसजीका थप तीन जनामा कोरोना पोजेटिभ देखिएको छ ।’ क्लबद्धारा जारी बिज्ञप्तीमा भनिएको छ ।
लिग वानको सिजन सुरुवात भईसकेको छ । तर लिगको पहिलो उद्घाटन खेलमै कोरोनाबाट प्र्रभावित बनेको थियो ।
लिग वानले क्लबमा तीन भन्दा बढीमा कोरोना देखिए खेल रद्ध हुने सम्भावना रहेको बताएको थियो ।