सन्दीप आबद्द जमैकाको खेल नतिजा विहीन
बिहिबार, भदौ १८, २०७७खेलपाटी संवाददाता

एजेन्सी । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी क्रिकेटमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम जमैका तलाबाज र सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबीचको खेल नतिजा विहीन सकिएको छ ।
ब्रायन लारा क्रिकेट स्टेडियममा वर्षाले खेल प्रभावित गरेपछि जमैका प्याट्रियट्सबीचको खेल नतिजा विहीन सकिएको हो ।
टस हारेर प्याट्रियट्सले ब्याटिङ गरिरहदा खेल वर्षाले रोकिएको थियो । खेल रोकिनु अघि प्याट्रियट्सले ५ ओभर ४ बलमा विना विकेटको क्षतिमा ४६ रन बनाएको थियो ।
खेल नतिजा विहीन सकिएसँगै दुबै टिमले एक एक अंक पाएका छन् ।
जमैका ८ खेलमा ७ अंक जोडेर तालिकाको चौंथो स्थानमा रहेको छ । प्याट्रियट्स ९ खेलमा ३ अंकका साथ तालिकाको पुछारमा छ ।










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)
-1762302250964.webp&w=3840&q=75)

