एजेन्सी । यूईएफए नेसन्स लिग फुटबल आज (बिहीबार) बाट सुरु हुँदैछ ।
युरोपियन फुटबलको सर्वोच्च निकाय (यूईएफए) ले गत वर्षबाट सुरु गरेको नेसन्स लिगको दोस्रो संस्करण बिहीबार सुरु हुन लागेको हो ।
नेसन्स लिग अन्तर्गत बिहीबार विभिन्न समूहको १० खेलहरु हुनेछ । जसमा जर्मनी, स्पेन लगायतका खेलहरु रहेको छ ।
लिग 'ए' समूह चारमा रहेको जर्मनीले स्पेनसँग घरेलु भूमिमा खेल्नेछ । मर्सिडिज बेन्च एरिनामा हुने जर्मनी र स्पेनबीचको खेल नेपाली समय अनुसार राति १२:३० बने सुरु हुनेछ ।
यस्तै लात्भिया र एन्डोराबीच हुने पहिलो खेल नेपाली समयअनुसार पौने १० बजे सुरु हुनेछ ।
त्यस्तै फिनल्याण्ड र वेल्स, रसिया र सर्विया, फारोय आइसल्याण्ड र माल्टा, बुल्गेरिया र आयरल्याण्ड , स्लोभानिया र ग्रिस, टर्की र हंगेरी, मोल्दोभा र कोसोभो तथा युक्रेन र स्वीट्जरल्याण्डबीच खेल हुनेछ । सबै खेल नेपाली समय अनुसार राति १२:३० मा हुनेछ ।
नेसन्स लिग युरोपका ५५ देशले प्रतिस्पर्धा गर्ने छन् । सहभागी राष्ट्रलाई वरीयताको आधारमा चार समूहमा विभाजन गरिएको छ ।
हरेक टिमले समूहमा ६ खेलहरु होम एण्ड अवेका आधारमा खेल्नेछन् । तर, लिग 'डी' को तीन देश रहेको समूहले भने चार खेल मात्र खेल्नेछन् ।
गत वर्ष क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले उपाधि जितेको थियो ।