एजेन्सी । प्रिमियर लिग क्लब एस्टन भिल्लाले डिफेन्डर माटी क्यासलाई अनुबन्ध गरेको छ ।
एस्टनले च्याम्पियनसिप क्लब नटिङघम फोरेस्टबाट डिफेन्डर क्यासलाई अनुबन्ध गरेको हो ।
२३ वर्षीय डिफेन्डरका लागि एस्टनले १६ मिलियन पाउण्ड खर्च गरेको बताईएको छ ।
इंग्ल्यान्डका डिफेन्डरले एस्टनसँग पाँच वर्षको सम्झौता गरेका छन् । उनी सन् २०२५ सम्म एस्टनमा रहने छन् ।
राइट ब्याक क्यासले नटिङघमका लागि गत सिजन ४१ खेलमा ८ गोल गरेका थिए ।
यस अघि उनलाई अनुबन्ध गर्न वेस्ट ह्याम, सेफिल्ड युनाइटेड, साउथह्याम्पटन र सिरी 'ए' क्लब एसी मिलानले समेत चासो देखाएको थियो ।
