• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
कसरी छनोट गरिन्छ मुख्य प्रशिक्षक ?
विश्वास थापा
बिहीबार, भदौ १८, २०७७ विश्वास थापा
कसरी छनोट गरिन्छ मुख्य प्रशिक्षक ?
क्यानका निवर्तमान प्रशिक्षक उमेश पटवाल खेलाडीलाई निर्देशन दिदै । फाईल फोटो

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राष्ट्रिय टिमको मुख्य प्रशिक्षकसँगै अन्य विभिन्न पदका लागि दरखास्त आह्वान गर्यो ।

क्यानले एक विज्ञापन निकाल्दै मुख्य प्रशिक्षकसहित महाप्रबन्धक, वित्तीय प्रबन्धक, व्यवस्थापक तथा प्रदेश प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको हो।

क्यानले पहिलो पटक मुख्य प्रशिक्षकको लागि खुल्ला रुपमा दरखास्त आह्वान गरेको हो । यस अघि क्यानले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) सँग समन्वय गर्दै प्रशिक्षक छनोट गर्ने गरेको थियो ।

क्यानले निकालेको विज्ञापनमा मुख्य प्रशिक्षक, महाप्रबन्धक, वित्तीय प्रबन्धक तथा व्यवस्थापकमा एक एक जना र प्रदेश प्रशिक्षकका लागि ७ जनाको माग गरिएको छ ।

क्यानले गत असार २६ गते नै एक हप्ता भित्र मुख्य प्रशिक्षक दरखास्त आह्वान गर्ने निर्णय गरेको थियो । तर, आईसीसीको प्रक्रियामा ढिलाई भएकाे कारण क्यानले झन्डै डेढ महिनापछि विज्ञापन खुलाएकाे हाे ।

क्यानले खुलाएको विज्ञापन अनुसार मुख्य प्रशिक्षकको लागि नेपाली तथा विदेशी प्रशिक्षकले आवेदन दिन सक्ने छन् । अन्य पदको लागि नेपाली नागरिक हुनु पर्नेछ ।

कसरी छनोट गरिन्छ मुख्य प्रशिक्षक ?

क्यानका सचिव अशोकनाथ प्याकुरेलका अनुसार मुख्य प्रशिक्षक छनोटका लागि आईसीसीसँगको सहकार्यमा संयन्त्र गठन गरिनेछ ।

'अपेक्षित आवेदन आएमा छनोटका लागि आईसीसीसँगको समन्वयमा एक संयन्त्र बन्ने छ । संयन्त्रले आवेदन आएका प्रशिक्षकको सर्टलिस्ट तयार पार्ने छ,' क्यानका सचिव प्याकुरेलले खेलपाटीसँग भने, 'तर, अहिलेसम्म कस्तो संयन्त्र बन्छ भनेर अहिले भन्न सकिने अवस्था छैन । किनकि २१ दिनको विज्ञापन भएकाले यो समयमा क्यान र आईसीसी मिलेर त्यसको प्रक्रिया सुरु गर्नेछ ।'

क्यानको योजना अनुसार संयन्त्र समितिले आवेदन दिने मध्येबाट अन्तर्वार्ताका लागि सम्भावित प्रशिक्षकको लिस्ट तयार गर्नेछ । संयन्त्रले छनोट गरेका प्रशिक्षकलाई अन्तर्वार्तामा बोलाईने छ ।

'क्यानको योजनामा एक प्यानल बनाएर प्रशिक्षक छनोट प्रक्रिया अघि बढाउने हो,' प्याकुरेलले भन्छन्, 'तर यहि हुन्छ भन्न अहिले क्यानले सक्दैन किनकि आईसीसीको समेत यसमा भूमिका हुनेछ । त्यसको लागि अझै एक हप्ता कुर्नु पर्छ सभवत यहि नै हुन्छ । जसरी हुन्छ खुला र पारदर्शी रुपमा हुन्छ ।'

आईसीसीसँगको कुराकानीमा प्रशिक्षक छनोटको लागि एक प्यानल बनाउने कुरा चलिरहेको उनले जानकारी गराए ।

प्यानलमा क्यानको प्रतिनिधि, आईसीसीको प्रतिनिधि र आवश्यकता अनुसार स्वतन्त्र प्रतिनिधि समेत हुने छन् । तर, त्यो प्यानलमा को र कस्ता व्यक्ति हुनेछन् भन्ने पछी निर्धारण हुने उनले बताए ।

यस्तै क्यानले नेपाली प्रशिक्षक भन्दा धेरै विदेशी प्रशिक्षकको आवेदन पर्ने अपेक्षा लिएको छ । अपेक्षित अनुसार आवेदन नपरे क्यानले विज्ञापनको समय लम्बाउने समेत सक्ने प्याकुरेलले जानकारी गराए ।

'क्यानको सोचाइमा नेपाली भन्दा विदेशी प्रशिक्षकले आवेदन दिने अपेक्षा लिएको छ । यस्तै २१ दिनको पहिलो चरणमा सोचे अनुरुप आवेदन नपरे क्यानले त्यस मितिलाई लम्ब्याउन समेत सक्ने छ,' उनले थपे ।

सहज तरिकाले काम बढे नेपालले अक्टोबरको मध्येसम्ममा मुख्य प्रशिक्षक पाउने समेत प्याकुरेलले बताए ।

क्यानले निकालेको विज्ञापन -

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
समूह चरणमा नेपपालको शतप्रतिशत जित
समूह चरणमा नेपपालको शतप्रतिशत जित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP