पीएसएलको बाँकी खेल नोभेम्बरमा
बिहिबार, भदौ १८, २०७७खेलपाटी संवाददाता

एजेन्सी । पाकिस्तान सुपर लिग (पीएसएल) टी-ट्वान्टी क्रिकेटको बाँकी खेल नोभेम्बरमा हुने भएको छ ।
पाकिस्तान क्रिकेट बोर्डले कोरोना भाईरसको महामारीको कारण स्थगित पीएसएलले बाँकी खेल नोभेम्बरमा गर्ने जनाएको छ।
बोर्डले लाहोरस्थित गद्दाफी क्रिकेट स्टेडियममा हुने बाँकी खेल नोभेम्बर १४ बाट सुरु हुने जनाएको छ । पीएसएलमा अब चार खेल बाँकी रहेको छ ।
नोभेम्बर १४ मा हुने क्वालिफायरमा मुल्तान सुल्तानले कराची किङ्ससँग खेल्ने छन् ।
त्यहिँ दिन हुने इलिमिनेटरमा पेशावर जाल्मीले लाहोर कलान्दर्ससँग खेल्नेछ ।
यस्तै दोस्रो क्वालिफायर नोभेम्बर १७ र फाइनल नोभेम्बर १७ मा हुनेछ ।











-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)
-1762302250964.webp&w=3840&q=75)

