एजेन्सी । पोर्चुगिज क्लब पोर्टोले इंग्ल्यान्डका युवा विंगर बेनिसियो बेकरलाई अनुबन्ध गरेको छ ।
पोर्टोले १६ वर्षीय विंगरलाई वेस्ट ह्यामको एकेडेमीबाट अनुबन्ध गरेको हो ।
पोर्टोले बुधबार बेकर अनुबन्ध गरिएको जनाएको छ । सम्झौतासँग बेकरले अब पोर्टोको युथ टिमबाट खेल्ने छन् ।
निकै चर्चामा रहेका विंगर बेकरलाई अनुबन्ध गर्न अन्य ठुला क्लबले समेत चासो देखाएको थियो ।
जर्मन च्याम्पियन बायर्न म्युनिख, बार्सिलोना, पीएसजी लगायतका क्लबले उनलाई अनुबन्धको प्रयास गरेको थियो ।
तर, उनले पोर्टो रोजेका हुन् ।
बेकरले इंग्ल्यान्डको यू-१६ टोलीबाट खेलिसकेका छन् ।