एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले मिडफिल्डर डोनी भान डी विकलाई अनुबन्ध गरेको छ ।
युनाइटेडले डच क्लब अयाक्सबाट मिडफिल्डर भान डी विकलाई अनुबन्ध गरेको हो ।
२३ वर्षीय डच मिडफिल्डरले युनाइटेडसँग पाँच वर्षको सम्झौता गरेका छन् ।
भान डी विक अयाक्सको एकेडमीबाट आएका खेलाडी हुन् ।
उनले २०१५ मा सिनियर टिममा डेब्यु गरेका थिए ।
भान डी विकले २०१९ को च्याम्पियन्स लिगमा अयाक्सलाई सेमिफाइनलसम्म पुर्र्याउन महत्वपूर्ण योगदान दिएका थिए ।
नेदरल्यान्ड्सको राष्ट्रिय टिमका सदस्य उनले गत सिजन अयाक्सका लागि ३७ खेलमा १० गोल र ११ असिस्ट गरेका थिए ।
'एक इतिहास बोकेको क्लबमा सम्मलित हुने अवसरको वर्णन गर्न सक्दिन । म अयाक्सलाई धन्यवाद दिन चाहन्छु । म त्यहाँ हुर्के र क्लबसँग एक विशेष सम्बन्ध हुनेछ,' युनाइटेडसँग सम्झौता गरेपछि उनले भनेका छन्, 'म करियरको अर्च चरण जान र उच्च प्रदर्शन गर्न तयार छु ।'