एजेन्सी । ब्राजिलियन मिडफिल्डर फिलिपे कौटिन्हो स्पेनिस क्लब बार्सिलोना फर्किएका छन् ।
जर्मन क्लब बायर्न म्युनिखमा एक सिजन लोनमा बिताएर कौटिन्हो स्पेनिस क्लब फर्किएका हुन् ।
बायर्नले कोटिन्हो बार्सिलोना फर्किएको पुष्टि गरेको छ । बायर्नले सामाजिक संजालबाट कोटिन्होलाई धन्यवाद समेत दिएका छन् ।
कोटिन्होले समेत आफ्ना समर्थकलाई धन्यवाद दिएका छन् ।

२८ वर्षीय कोटिन्होले बायर्नमा एक सिजन रहदा बुन्डेसलिगा, च्याम्पियन्स लिग र जर्मन कप जितेका थिए ।
सन् २०१८ मा इंग्लिस क्लब लिभरपुलबाट बार्सिलोना आएका कोटिन्होलाई दोस्रो सिजननै बार्सिलोनाले लोनमा पठाएको थियो ।
जर्मन क्लबका लागि कोटिन्होले बुन्डेसलिगामा २३ खेल खेल्दै ८ गोल गरेका थिए । यस्तै च्याम्पियन्स लिगमा ३ गोल गरेका थिए ।
बार्सिलोनासँग कोटिन्होको सम्झौता अझै ३ वर्ष बाँकी रहेको छ ।
तर, पछिल्लो समय कोटिन्हो इंग्लिस आर्सनल जाने चर्चा चलिरहेको छ ।